शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाको दोस्रो बैठक बाट संयोजक चयन गर्दै कार्यभार विभाजन
जेठ २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २६ - 
लहान नगरपालिका लहानकाे नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी ,उपप्रमुख राम चलितर महताे लगाइत वडा अध्यक्षहरु तथा बोर्डका  पदाधिकारीहरुको दोस्रो नगर कार्यपालिका बैठक हिजो सम्पन्न भएको छ। सम्पन्न बैठकले विभिन्न निर्णयहरु सर्वसहमतिले पाररित गर्दै कार्यभार विभाजन संगै संयोजकहरु चयन गरेका छन्। बैठकको निर्णय अनुसार श्राेत अनुगमन / बजेट  सिमा निर्धारण समिति संगै शिक्षा र स्वास्थ्य समितिकाे संयाेजकमा स्वयम नगर प्रमुख महेश प्रसाद चाैधरी रहनु भएको छ। त्यस्तै न्याययीक समिति र राजस्व परामर्श समितिकाे संयाेजकमा उपप्रमुख राम चलितर महताे, नगर प्रवक्तामा रमेश गैतम उपाध्‍याय ,कृषि तथा सिंचाईमा बद्री नारायण चाैधरी,युवा तथा खेलकुदमा युगल किशोर चाैधरी,याेजना अुगमनमा मोहम्मद अब्दुल करिम,पर्यटनमा सुर्य नरायण चाैधरी,लेखा समितिमा मन्टि कुमार मण्डल , बजार अनुगमनमा श्याम साह( भाेरेभाेर), ठेक्का ब्यवस्थापनमा मोहम्मद कमरुद्दीन ,पशु विकाशमा तेज नरायण चाैधरी, बतावरण तथा बिपत ब्यवस्थापनमा गणेश चाैधरी,पुर्वाधार विकास समितिमा राम दयाल महताे,विधान मस्यौदामा मनाेज काेइराला,खानेपानी तथा सरसफाईमा राम औतार शर्मा ,बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पुरूष बाट महेन्द्र ठाकुर र महिला तर्फ बाट सन्तोषी देवी चाैधरीले जिम्मेवारी पाएका पाएका छन। त्यस्तै कर्मचारी ब्यवस्थापनको संयोजकमा रासलाल राय राजपूतलाई सर्वसहमती बाट कार्यभारको जिम्मेवारी दिइएको नगर प्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.