शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा जिससको प्रमुखमा दिनेश महतोको उम्मेदवारी
असाड ३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान असार ३ - 
सिराहा जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ। प्रमुख पदको लागि जसपाबाट दिनेशकुमार महतो र एमाले बाट उपप्रमुखमा दिलिप कुमार लामाले उम्मेदवारी दिएका छन्। प्रमुखसहित तीन सदस्यीय जसपा र उपप्रमुखसहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको जनाइएको छ। सिराहामा रहेको १७ स्थानीय तहका ३४ मध्ये नेकपा एमाले नौ पालिकासहित १५ र जसपाले चार पालिका सहित १० जना स्थानीय चुनवामा जित हासिल गरेको थियो । भने नेपाली कांग्रेस छ, नेकपा माओवादी केन्द्र दुई र नेकपा एकीकृत समाजवादीको एक जनाले जित निकालेका छन् । एमाले र जसपा गरी ३४ मध्ये २५ मत रहेकोले सिराहा जिल्ला समन्वय समितिमा एमाले जसपा गठबन्धनको जीत सुनिश्चित रहेको जसपा सिराहा जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ताले बताउनुभयो । 

जिल्ला समन्वय समितिको प्रमुख पदको लागि जसपा नेपाल सिराहाले चयन गरेकोमा पार्टीका नेताहरुप्रति आभार प्रकट गर्दै दिनेश महतोले सिराहा जिल्लाको १७ वटै स्थानीय तहमा विकासको गति ल्याउन र भ्रष्टाचार न्यूनीकरण गर्न उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । २०६३ सालको मधेश आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएका महतो मधेशी जन अधिकार फोरम नेपाल हुँदै जनता समाजवादी पार्टी हुँदासम्म तीन कार्यकाल जिल्ला कमिटि सदस्य, दुई कार्यकाल लहान नगर कमिटि अध्यक्ष र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा लहान –२३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको छ। त्यस्तै सिराहा जिल्ला समन्वय समितिको सदस्यहरुमा जानकि देवि यादव, सोभा यादव, सुरेश यादव,गिता पासमान,सोना बति महरा,सुर्य नारायण यादव र रबिन्द्र कुमार महतोले उम्मेदवारी दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.