शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिसस सिराहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी
असाड ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ६ - 
जिल्ला समन्वय समिति सिराहाको प्रमुख र उपप्रमुखमा एमाले–जसपा गठबन्धन विजयी भएको छ। आज भएको निर्वाचनको मत परिणामअनुसार प्रमुखमा जसपाका दिनेशकुमार महतो र उपप्रमुखमा एमालेका दिलीपकुमार लामा विजयी भएका हुन्।प्रमुखमा महतोले २६ मत प्राप्त गर्दा उपप्रमुखमा लामाले २५ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखका उम्मेदवार कांग्रेसका मनोजकुमार गुप्ता तथा उपप्रमुखमा एकीकृत समाजवादीका राजेशकुमार यादवले समान सात मत प्राप्त गरेका छन्।

जिल्लामा ३४ मध्ये ३३ मत खसेको थियो। लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी (नेपाली कांग्रेस) मतदानमा सहभागी भएनन्। नौ सदस्य जिल्ला समन्वय समितिको सदस्यमा एमालेकी गीता कुमारी पासवान, सोनावती कुमारी महरा, रवीन्द्र कुमार महतो र सूर्यनाथ यादव निर्वाचित भएका छन्।यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट जानकी कुमारी यादव, शोभा कुमारी यादव र सुरेश कुमार यादव सदस्य निर्वाचित भएका छन्। सिराहाका १७ स्थानीय तहको ३४ मतमध्ये एमालेको १५, जसपाको १०, कांग्रेससँग ६, माओवादी केन्द्रको दुई र नेकपा एसको एक मत रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.