शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका मेयर र उपमेयरको चदरा विवाद उत्कर्षमा
असाड २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २९ - 
सिरहाको लहानमा गठबन्धन बाट निर्वाचित मेयर महेश प्रसाद चौधरी र उपमेयर राम चलितर महतो बिचको चदरा (जस्तापाता) विवाद उत्कर्षमा पुगेको छ। उपमेयर राम चलितर महतोले नियम विपरित आफ्ना नजिकका व्यक्तिहरुलाई चदरा वितरण गर्न लाग्दा मेयर चौधरीले सुरक्षाकर्मी र नगरप्रमुख मार्फत रोक्न खोज्दा विवाद उत्कर्षमा पुगेको लहान नगरपालिकाका प्रवक्ता तथा वडा न.६ का वडा अध्यक्ष रमेश गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार निवर्तमान मेयर मुनि साह सुडीको पालामा लहान नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइने कार्यक्रम अन्तर्गत आएका चदरा वितरण वडा कार्यलयको सिफारिसमा भइरहेको हुँदा लक्षित वर्गले पाउनु पर्ने चदरा आफ्ना नजिकका हुने खानेहरुले पनि वडाको सिरारिस ल्याएर लागिरहेको जनगुनासो आए पश्चात मेयर चौधरी आफै प्राविधिक र संचारकर्मी सहितको टोलि गई पक्षपात नगरी जस्तापाता पाउनु पर्ने लाभग्राहीको घरको नाप सहितको लगात निकाली हाल सम्म वडा नं. १२, १३, १४ र २४ को केही वस्तीमा पुगेर नामावली संकलन गरी जस्तापाता वितरण गर्नु भएको छ। र समय मिलाएर सबै वडामा पुगी अनुगमन गरि चदरा उपलब्ध गराउने कार्य  जारि रहे पनि जसपा बाट निर्वाचित उपमेयर महतोले मेयर चौधरी संग कुनै सल्लाह नै नगरी जबर्जस्ती फाइलहरु खोसी नियम विपरित आफ्ना नजिकका व्यक्तिलाई चदरा वितरण गर्न लागेको हुँदा विवाद चर्किएको लहान नगरपालिकाका प्रवक्ता रमेश गौतमले जानकारी दिए। 

यता उपमेयर महतोका अनुसार चुनाव अगावै गरिव गुरुवाका लागि आएको चदरा वर्षायाम सकिन लाग्दा पनि वितरणमा ढिलाई भइरहेको कारण मैले गरिब दिनदुखिलाई वितरण गर्न लाग्दा मेयर चौधरीले अवरोध गरेको आरोप लगाएका छन्। नगरपालिका भित्रका सम्पूर्ण जनताले मलाई पनि मत दिएर विजय गराउनु भएको हुँदा लहान नगरपालिकाको कार्यलय भित्र रहेका जति पनि स्रोत साधनहरु छन् त्यसमा मेरो पनि अधिकार रहेको हुँदा मैले कुनै काम गर्दा मेयरलाई सोधी राख्नु पर्ने कुनै आवस्यकता नरहेको बताउदै आफुलाई मेयर चौधरीले हेप्न खोजेको भन्दै म गरिबको साथमा छु,मैले सिफारिस गरेको विपन्नहरुले पनि चदरा पाउनु पर्छ " त्यसको लागि मैले कसैको आदेश नलिनु पर्ने जिकिर गरे।
उपमेयर महतोले मेयर चौधरीको ठाडो निर्देशन अनुसार चदरा वितरण भइरहेको समेत आरोप लगाएका छन्। 

यता नगरप्रमुख चौधरीका अनुसार म आफै गएर अनुगमन गरि गलत मान्छे नपरोस जसको फुसको घर छ उसलाई चदरा वितरण गरिरहेको छु। उपमेयर साहेवले मंगलवार आफै फाइलहरु खोसेर आफ्नै मनले चदरा वितरण गर्नु गैरकानुनी रहेको हुँदा सस्ता कार्यलाई बन्द गर्नु पर्ने बताएका छन्। पुर्व मेयर मुनि साहकै पालामा आएको चदरा हो र यसलाई पहिलेनै बनेको नियमावली अनुसार वितरण गरिरहेको छु। कार्यविधि अनुसार मेयरले सिफारिस गरेमा अनुगमन गरेर लाभग्राहीलाई चदरा उपलध गराउने कार्यविधि हुँदा पनि उपमेयर महतो आफ्नै मनोमानी गर्न खोजेको प्रष्ट पर्दै यो गैरकानुनी तरिकाले नियम मिचेर चदरा बाड्न लागेको मेयर चौधरीले आरोप लगाए। मेयर चौधरीले मैले कुनै पनि वडामा जाँदा को -कुन पार्टीको कसैलाई नसोधी नियमानुसार चदरा पाउनु पर्ने विपन्नलाई मात्र चदरा उपलब्ध गराएको प्रमाण अहिले पनि सामाजिक संजाल र विभिन्न मिडियाहरुमा सुरक्षित रहेको बताउदै उपमेयर महतोले आफु माथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन्। मेयर चौधरीका अनुसार उपमेयरको अधिकार न्यायिक समिति हेर्ने र अनुगमन गर्ने मात्र रहेकोले कार्यलय प्रमुख हुँदा हुँदै सहायक प्रमुखले केहि गर्न नमिल्ने तर्क गर्दै समस्या समाधानका लागि बुधबार बोर्ड बैठक बोलाएको मेयर चौधरीले बताउनु भयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.