शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रक्तदान कार्यक्रम सम्पन्न
चैत्र १९, २०७३ | फिरोज शेख

फिरोज शेख लहान २०७३ चैत्र १९ - 
सिरहाको लहानमा एसियन लाइफ ईन्सुरेन्स कम्पनि द्वारा आयाजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एसियन लाइफ ईन्सुरेन्स कम्पनिको दशौ वार्षिक उत्सवको अवसरमा सनिवार आयोजित उक्त कार्यक्रममा ५४ जनाले रक्त दान गरेका छन्। जसमा पुरुष ५० जना र महिला ४ जना सहभागी भएका थिए।कम्पनीको पुर्व मेची देखि पश्चिम महाकाली सम्म २३ वटा शाखा र ७२ वटा उपशाखा रहेका छन्।कम्पनीले करिब १२ हजार सक्रिय कर्मचारीहरुको संजाल मार्फत विमा सेवा प्रदान गर्दै आइरहेको छ। 

कम्पनीले वालवालिकाहरु लाई लक्षित गरि वाल उमंग र वाल भविश्य जीवन विमा योजना , सबैको हातमा पेन्सन नारा सहित पेन्सन विमा योजना , अन्तिम भुक्तानी ,सुखी जीवन ,धन समृद्धि , दाम्पत्य जीवन विमा योजना लगायतको विमा योजनाहरु प्रचलनमा ल्याएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.