शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राज्यको उदासिनताले मिथिलान्चलका कलाकारहरु विस्थापित भईरहेको गुनासो
जेठ १४, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १४ जेठ । राज्यको उदासिनता तथा आर्थिक अभावका कारणले मैथिली फिल्म तथा मिथिलका कलाकारहरु विस्थापित हुने गरेकाले मैथिली चलचित्र विकास बोर्ड स्थापना हुनुपर्नेमा जोड सहभागिहरुले दिएका छन ।डिएन फिल्मस प्रालिको सहकार्य तथा नेपाल सरकार चलचित्र विकास बोर्ड काठमाण्डौंको सहयोग तथा नेपाल मैथिली चलचित्र कलाकार संघको आयो्जनामा आईतबार राजविराजमा आयोजित मैथिली चलचित्रको अवस्था तथा प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा सहभागिहरुले मधेशका जिल्लाहरुमा मैथिली चलचित्र विकास बोर्ड स्थापना तथा सिनेमा हलमा मैथिली फिल्मको स्थान नदिएकै कारणले मैथिली फिल्महरुले बजार लिन नसकेकाले यहाँका कलाकारहरु दिन प्रतिदिन विस्थापित भईरहेकोले त्यसतर्फ समयमै राज्य तथा सम्बन्धित निकायको ध्यान नदिएको खण्डमा मैथिली कलाकारहरुले आन्दोलन समेत गर्ने चेतावनी दिनुभएको छ । आर्थिक अवस्था तथा राज्यको सोतेला व्यवहारका कारणले गर्दा मैथिली र मिथिला कलाकारहरु चाहेर पनि लगानीकर्ताको अभावमा अगाडी बढन नसकिने अवस्था भएकाले मैथिली र मिथिलान्चलमा कला क्षेत्रकै माध्यमबाट विकास सम्भव हुने विश्वास ब्यक्त गर्नुभयो । 

संघका अध्यक्ष कमल मण्डलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं मैथिलीकर्मी श्याम सुन्दर यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मैथिलीकर्मी एवं कलाकारहरु महेन्द्र मण्डल वनवारी ,जिबछ दास ,अंजु यादव ,सागरविर कडारी ,मुनचुन देव ,युवा पत्रकार शुभ नारायण यादव ,निर्देशकहरु निराजन मेहता ,धर्मेन्द्र यादव धर्मात्मा ,रमिला साह ,सुभाष बिरपुररिया ,डिपी शास्त्री लगायतका बक्ताहरुले मैथिलाका कलाकारहरुलाई अगाडी बढाउनका लागि सम्पुर्ण कलाकारहरु एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.