शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नमुना टोल वनाउन डष्टविन र रिक्सा वितरण
भाद्र २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २३ -
सिरहाको लहान नगरपालिका वार्ड ११ स्थित लक्ष्मीनिया र पिडरवोनीलाई सरसफाईमा नमुना बनाउनका लागि प्रत्येक घरमा डष्टबिन वितरण गरिएको छ ।जिल्लाकै पहिलो खुल्ला दिसामुत्त क्षेत्र घोषणा यस वार्ड  भएकोले सरसफाईमा पनि यस वडालाई नमुना बनाउनका लागि ्रपत्येक घरमा डष्टबिन वितरण गरिएको हो दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश कुमार विसुन्केले बताउनु भयो । पिडरवोनी र लक्ष्मीनिया टोल सुधार समितिले आयोजना गरिएको सो कार्यक्रममा लक्ष्मीनियाका ४८ घरधुरी र पिडरवोनीका २२६ गरी जम्मा २७४ घरपरिवारलाई  घरबाट निस्किएका कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्न प्रत्येक घरमा २ थानका दरले डष्टबिन वितरण लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभयो ।घरघरमा जम्मा भएका फोहर रिक्सा मार्फत  संकलन गरी व्यवस्थापन गर्नका लागि २ थान रिक्सा समेत समुदायलाई हस्तान्तरण गरिएको छ ।फोहर संकलन गरेर व्यवस्थापन गरेवापत प्रत्येक घरले प्रत्येक महिना ३० रुपैया तिर्नुपर्ने हुन्छ ।यस कार्यमा फोहर व्यवस्थापन र रिक्सा मर्मत  तथा सरसफाईका लागि वडा कार्यालय लहान ११ ले वार्षिक १ लाख छुट्याएको वडा अध्यक्ष सूर्यनारायण चौधरीले बताउनु भयो ।

लहान नगरपालिकाको समन्वय , नेपाल खानेपानी संस्थान ,वाटर एड नेपालको प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लवको साझेदारीमा सैचालित बिकन परियोजना अन्तरगत उत्त रिक्सा र डष्टबिन नगर प्रमुख चौधरीले वितरण गरेको हो ।रिक्सा चालकलाई पारिश्रमिक नगरपालिका वाट दिने व्यवस्था गरिएको र यो अभियानलाई यस वडा बाट शुरुवात गरिएको र अन्य वडाहरुमा पनि लैजाने हाम्रो परिकल्पना यहिबाट शुरु हुन्छ  नगर प्रमुख महेश चौधरी भन्नुहन्छ ।कार्यक्रम सोही टोल सुधार समितिका अध्यक्ष धनिलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत पडरिया बेली टोल सुधार समितिका अध्यक्ष सुनिता चौधरीले गर्नुभएको थियो ।कार्यक्रममा स्थानीयवासी ,सामजिक अगुवाहरु,संचारकर्मी लगायतकोउल्लेख्य रुपमा सहभागीता रहेकोथियो ।                                                                                             

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.