शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टि-20 क्रिकेट प्रतियोगितामा हिमालयन विधा निकेतन र मनकामना विजय
कार्तिक २४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ कार्तिक २४ - 
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजनामा जारि इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न दुई खेलमा हिमालयन विधा निकेतन स्कुल र मनकामना स्कुल विजय भएका छन्। प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा हिमालयन र रेन्बो स्कुल बीच भएको प्रतिस्पर्धामा टस हारेर पहिला ब्याटिंग गरेका रेन्बोले १६ओभर १ बलमा अल आउट हुँदै ११८ रनको योगफल तयार पारेका थिए। ११९  रनको लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न आएका हिमालयन विधा निकेतन स्कुलले १८ ओभर १ बल खेल्दै ८ विकेट गुमाई ११९ रन बनाउदै २ विकेटले जित हात पारेका छन्।

यसै बीच प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न दोस्रो खेलमा मनकामना स्कुलले सिरहा एजुकेशनल एकेडमी स्कुललाई ४ विकेटले पराजित गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको सिराहा एजुकेशनलले १३ ओभर २ बलमा अलाउत हुँदै १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य सहित ब्याटिंग गर्न मैदानमा उत्रिएका मनकामनाका स्कुलका खिलाडीहरुले १३ ओभर २ बलमा ६ विकेट गुमाई १०३ रन बनाई ४ विकेटले सिरहा एजुकेशनल एकेडमीलाई पराजित गरेका छन्। १६ वटा स्कुलको सहभागिता रहेको प्रतियोगिताको सहयोगीहरुमा श्याम इन्टरप्राइजेज ( टेरा मोटरस इ-रिक्सा शो रुम ),क्वालिटी टेलर्स  एण्ड ट्रेडर्स लगायतका रहेका छन्। त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.