शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा टेलिफोन र मोबाइल अवरुद्ध , उपभोक्ता मारमा
साउन २९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ श्रावन २९ - 
सिरहामा शुक्रबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, र स्काई मोबाइल त्यस्तै आइतबार बिहानैखि एन्सेलको मोबाइल सेवा अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल सर्भरका इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुगेपछि उपभोक्ता थप मारमा परेका छन्। फोन र मोबाइल अवरुद्ध हुँदा सूचना सम्पर्क टुट्नुका साथै इन्टरनेट अवरुद्ध हुँदा संचारक्षेत्र , बैंकिङ सेवा र पत्रकारिताक्षेत्र समस्यामा परेको छ। बिहानैदेखि मोबाइल र टेलिफोन नचल्दा सूचना सम्पर्क टुटेका बेला इन्टरनेट नचलेर थप समस्यामा पारेको संचारकर्मी एलबी यादवले बताए। फोन र मोबाइल नचल्दा के कारणले नचलेको भन्ने बुझ्न पनि समस्या परेको छ। संचारकर्मी यादवका अनुसार मोबाइल र नेट अवरुद्ध भएका कारण समाचार सम्प्रेषण गर्न नसकेर पत्रकारहरु समेत समस्यामा परेका छन्। ल्याण्डलाइन फोनको समस्या र  एनसेलको मोबाइल समस्याका कारण टेलिकम द्वारा सञ्चालित नमस्तेको मोबाइलबाट उपभोक्ताले काम चलाइरहेका छन्।

 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.