शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज प्रेम साटासाट गरेर भ्यालेण्टाइन्स डे मनाईँदै
फाल्गुन ३, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , फागुन ३ - 
आज फेब्रुवरी १४, भ्यालेण्टाइन्स डे अर्थात् प्रेम दिवस, एकआपसमा मायाप्रेम साटासाट गरेर मनाईँदैछ। नेपाललगायत विश्वका विभिन्न देशमा युवायुवतीहरुले एकआपसमा रातो गुलाफको फूल तथा उपहार दिएर प्रेम दिवस मनाउँदै छन्। प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा युवायुवतीको भिड लाग्ने गर्दछ। खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा यस दिनलाई लिने गर्दछन्।क्याथोलिक र रोमन समुदायका नागरिकले यस दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउँदै आएका थिए। पछिल्लो समय बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरनै मनाउन थालिएको हो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.