शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गणतन्त्र दिवसको अवसरमा लहानमा दिप प्रज्वलन
जेठ १६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९  जेठ १६ - 
सिरहाको लहानमा १५ औं गणतन्त्र दिबसको अबसर पारेर हिजो दिप प्रज्वलन गरेको छ। लहान सिटि जेसिज र नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीले हिजो साँझ दिप प्रज्वलन गर्दै गणतन्त्र दिवस मनाएका हुन। लहान सिटि जेसिजले लहान बजारको शहिदचोक गोलपार्कमा वर्ष २०२२ कि अध्यक्ष कुमु चौधरीको अध्यक्षतामा गणतन्त्र दिबस मनाएका छन्। त्यस्तै लहान नगरपालिका वडा न.८ का वडा अध्यक्ष श्याम साह भोरेभोर तथा कर्मचारीहरुले वडा कार्यलयमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएका हुन्।सो क्रममा वडा अध्यक्ष श्याम साह भोरेभोरले २०६५ साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएपश्चात जनताको छोरा राष्ट्रप्रमुख भएको स्मरण गराए। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवसको सम्पूर्ण नगरवासी तथा वडा बासिमा शुभकामना व्यक्त गर्दै वडा कार्यलयमा १५ औं गणतन्त्र दिबस मनाएका हुन। गणतन्त्र दिवसको अवसर पारेर सिरहाका बिभिन्न पालिकाहरुले सरसफाई, फलपफूल वितरण जस्ता कार्यक्रमहरु गर्दै १५ औं गणतन्त्र दिवस मनाएका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.