शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी डिष्ट्रिक्ट गभर्नर रिजाल द्वारा लहान शाखा अनुगमन
चैत्र ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत ९ -  
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट नेपाल–भुटानको डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजालले बुधबार रोटरी क्लव अफ लहानको अनुगमन गर्नु भएको छ। अनुगमनको क्रममा रिजालले लहान शाखा वर्ष २०२१-२०२२ का अध्यक्ष अशोकलाल अमात्य,निवर्तमान तथा संस्थापक अध्यक्ष सुशील अग्रवाल,महा सचिव सिद्धिराज अग्रवाल ,वर्ष २०२२-२०२३ का लागि चयन हुनु भएका अध्यक्ष प्रदिप कुमार गुप्ता ,महा सचिब गोपाल कुमार गुप्ता,पदाधिकारीहरु पुनम चौधरी ,सुनिल चौधरी ,उज्वल साह ,अमरेन्द कुमार ,सुनिल चौधरी ,असेस्वर नायक ,नगेन्द्र साह ,वर्ष २०२३ -२०२४ का लागि अध्यक्ष पदमा चयन हुनु भएका जय प्रकाश चौधरी , विकास सारडा,मिडियाकर्मी फिरोज शेख लगायतका पदाधिकारीहरुलाई आ-आफ्नो पदीय मरियदा संगै काम र कर्तव्यको बारेमा जानकारी गराउनु भएको छ। 

गभर्नर रिजालका अनुसार देश तथा विदेशमा, राष्ट्रिय वा अन्तराष्ट्रिय विभिन्न स्तरका सामाजिक संस्थाहरुको भिडमा रोटरी क्लबको नाम अग्रपंक्तिमा आउँछ । पुरानो र प्रभावकारी सामाजिक संस्थाको रुपमा पनि स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था रोटरीले स्थापनाको शतकपनि पूरा गरेको छ । नेपालमा पनि रोटरीको महत्व र प्रभाव दिनानुदिन बढ्दै गएको छ । हाल नेपालका अधिकांश स्थानमा रोटरीको मातृ क्लब अन्तर्गत पनि विभिन्न यूथ क्लबहरु पनि सञ्चालित रहेको उहाले बताउनु भयो। हाल नेपाल र भुटान गरि  १७० वटा रोटरी क्लवहरु संचालनमा रहेको समेत उहाले जानकारी गराउनु भयो। अनुगमनको क्रममा नव प्रवेसी रोटरेनियरहरुलाई रिजालले क्लवको पिन लगाएर सम्मान गर्नु भएको थियो ,भने उपस्थित पदाधिकारीहरुले रिजाललाई फूलमालाले स्वागत गर्दै मायाको चिनोले सम्मान गर्नु भएको थियो।  

रोटरी कस्तो संस्था हो र यसका कार्य क्षेत्रहरु: 

रोटरी अन्तर्गतको द रोटरी फाउण्डेशन संसारको दोस्रो धनि संस्था हो । जसमार्फत रोटरीले आफ्रना सात वटा फोकस एरियाहरु शान्ति तथा द्वन्द ब्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको छ । यसका कार्य क्षेत्रहरुपनि विस्तृत छन् । रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । धेरै पैसा भएको भन्दापनि इच्छाशक्ति भएकाहरु रोटरीमा आउने गर्दछन् । रोटरीमा प्रवेश र सेवा गर्न र यसमार्फत मासिक न्यूनतम २ हजार खर्च गर्न सक्नेहरु यसमा आउन सक्छन् । यसमा धनि भन्दा पनि सेवाको भावना राख्नेहरु धेरै हुन्छन । अर्कोतर्फ विभिन्न पेशा व्यवसायमा आवद्ध सदस्यहरुले यसमार्फत केहि सामाजिक कार्यमा योग्दान पुर्याउदै आइरहेका छन्।

व्यक्तित्व तथा चौतर्फी विकासका लागि पनि रोटरी एउटा प्लेटफार्म हो । यो संस्थामा मिलेर एकताका साथ काम हुने गर्दछ । यसले अवसर सिर्जना गर्दछ । सँगै लिएर अगाडि बढ्ने यसको आधारशिला हो । युवाहरुको लागि लिडरशिपको लागि प्रेरणा दिन्छ। रोटरीमा लागनेहरु आफैमा फरक क्षेत्रका लिडर रहेका हुन्छन् । त्यसैले ‘लिडर अफ दि लिडर’ पनि भनिन्छ । आफूभन्दा तलकाहरुलाई दिनुपर्छ भन्ने मान्यता राख्दछौं । रोटरीमा विभिन्न ट्रेनिङहरु लगाएत धेरै अवसरहरु छन् । संसारमा गर्नैपर्ने भनेको टाइम म्यानेजमेण्ट हो, त्यो रोटरीले सिकाउँछ , व्यक्तित्व विकास, नेटवर्किङ , व्यपार व्यवसाय विस्तार, ठूलो र धेरै अवसरहरु दिनछन्। विशेषगरी करियर मेकिङ पिरियडमा रोटरी महत्वपूर्ण छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.