शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजार अनुगमनको क्रममा फेला परेका म्याद गुज्रेका सामानहरु नष्ट गरियो
असाड ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ४  - 
सिरहाको लहानमा विहिवार बजार अनुगमनको क्रममा फेला परेको म्याद गुज्रेका सामानहरु नष्ट गरिएको छ। शुक्रबार दिउँसो सरोकारवालाहरुको रोहवरमा म्याद गुज्रेका भेटेरिनरी औषधि,मैदा,तेल ,प्रतिबन्धित दुध पाउडर र बिना ट्रेड मार्कको दहि र भुजिया लहान लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल, लहान नगरपालिका वडा न.१५ का वडा अध्यक्ष तथा पशु विकास संयोजक तेज नारायण चौधरी,ईलाका प्रहरी कार्यलय लहानका सव-इन्स्पेक्टर ,पशु विकास शाखा लहान अधिकृत राम कृष्ण यादव ,पशु विकास शाखाअधिकृत छैठौ विशेश्वर प्रसाद चौधरी,संचारकर्मी दिनेश्वर प्रसाद गुप्ता,फिरोज शेख र शम्भु चौधरीको रोहवरमा नगरपालिकाको छेउमा खाल्टो खनी नष्ट गरिएको हो।  

विहिवार लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार लहान नगरपालिका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंह लगायतको संयुक्त अनुगमन टोलीले लहान १० स्थित आजाद फ्रेस मिट हाउस ,थारु मिट हाउस एण्ड होटल ,न्यु किसान सेवा एग्रोभेट,लहान ५ स्थित प्रकाश स्विट्स,शिव चिया नास्ता पसल ,अमित होटल, लहान ६ स्थित संजय होटल,राजु बेकरी,चौधरी फ्रेस मिट हाउस,मुस्ताक फ्रेस मिट हाउस ,लहान ७ स्थित किसान एग्रोभेट ,लहान ८ स्थित माखन भोग स्विट्स एण्ड नमकिन , माता सन्तोषी डेरी उधोग, लहान ३ स्थित दुध डेरी पसल र लहान २२ स्थित मिलको डेरी इन्डस्ट्रिजमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा लाखौको प्रतिबन्धित दुध पाउडर सहित म्याद गुज्रेका सामानहरु फेला परेको थियो। यसै बीच मिलको डेरी इन्डस्ट्रिजमा अनुगमन गर्ने क्रममा नेपालमा प्रतिबन्धित लगाइएको करिब एक लाख बराबरको नोभा गोल्ड नाम भएको दुध पाउडर १० बोरा फेला पारि मिलको डेरीको पछाडी बारीमा रहेको पानि जमेको खाल्डो मै सबैको रोहवरमा विहिबार नै नष्ट गरिएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.