शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाली कांग्रेस परित्याग गरेका नगर अध्यक्ष रायले जसपा बाट उम्मेदवारी

9 Views

बैशाख १३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ बैशाख १३ - 
नेपाली कांग्रेस लहान नगर सभापति रासलाल रायले पार्टी परित्याग गर्दै लहान २४ जसपा बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।राय समर्थक युवाहरुको सहभागितामा तामझामका साथ छाता सहित निर्वाचन अधिकृतको कार्यलयमा पुगेका राय हिजो साँझ उमेदवारी दर्ता गराएका हुन्। रायले हिजो विहान १० बजे पत्रकार सम्मेलन गरि आफुले पाएकाे वडा अध्यक्षकाे टिकट हटाएमा नेपाली कांग्रेस पार्टी परित्याग गर्नेे ३ घन्टे अल्टिमेटम सहित चेतावनी दिएका थिए । रायका अनुसार अल्टिमेटम स्वरूप नेपाली कांग्रेसले समस्या समाधान नगरेको हुँदा पार्टी परित्याग गरेको जनाएका छन्।

क्षेत्रीय संसदीय समितिले सर्वसम्मत रुपमा लहान २४ का वडा अध्यक्षकाे पदमा रायकाे टिकट सिफारिस गरेकाे थियाे । साेही अनुसार रायले टिकट पाएका थिए । तर, उनले टिकट पाएकाे केही घण्टाभित्र पूर्व मन्त्री चित्रलेखा यादवकाे दबाबमा जिल्ला सभापति रामचन्द्र यादवले विरेन्द्र यादवलाई अर्को टिकट दिएकाे रायको आरोप छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.