शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा
फाल्गुन २०, २०७६ | सरगम खबर समाचारदाता

‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै २१ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने एन आई सी एशिया बैंक मात्रै हो’- एन आई सी एशिया प्रादेशिक कार्यलय प्रदेश २ प्रमुख प्रकाश चन्द्र अधिकारिले जानकारी दिनुभएको छ। प्रस्तुत छ  प्रदेश २ प्रमुख प्रकाश चन्द्र अधिकारि संगको अन्तर्वार्ता -  

सरगम खबरडेस्क , २०७६ फागुन २० - 
बैंकको कुन खातामा कति ब्याज पाइन्छ ? 
खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्याक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो ।
बैंक खाता विभिन्न प्रकारका हुन्छन् । चल्ती खाता, बचत खाता र मुद्दती खाता अहिले चलन चल्तीमा रहेका खाताहरू हुन् । ब्याज नपाइने तर जुन सुकै समयमा चाहेको जति रकम झिक्न र निकाल्न मिल्ने चल्ती खाता हो । त्यस्तै, रकम जति पटक जम्मा गर्दा पनि हुने तर निश्चित सीमाभित्र रहेर मात्रै रकम झिक्न पाइने खाता बचत खाता हो । यस्तो खातामा बजारमा ६.५ प्रतिशत सम्म ब्याज पाइन्छ । 
एउटा निश्चित समयसम्म झिक्न नपाइने गरि समय तोकेर रकम जम्मा गर्ने खाता मुद्दती खाता हो । मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सो भन्दा बढी समय अवधिको लागि खोल्न सकिन्छ । सबैभन्दा उच्च ब्याजदर पाइने खाता भनेको मुद्दती खातानै हो । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेपको व्याक्तिगत खातामा ९.७५ प्रतिशत सम्म ब्याज दिने गरेको छ । त्यो बाहेक ग्राहकहरुले २१ लाख रूपैयाँसम्मको चमत्कारिक बीमा सुविधा प्रदान गरिएको छ । 
अन्य निक्षेप खाता भन्दा मुद्दती खातालाई राम्रो भनिन्छ, किन ?
मुद्दती खातामा रकम जम्मा गरिसकेपछि बचत कर्ताले सजिलै रकम झिक्न र निकाल्न मिल्दैन । बचत कर्ताको सोही जोखिमको लागि बैंकले उच्च ब्याजदर दिने गरेको छ । त्यसैले सर्वसाधारणहरूले यस्तो खातालाई मन पराउनुहुन्छ । अहिले बजारमा अन्य खाताहरूमा बढीमा ६.५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । तर एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ९.७५ प्रतिशत सम्मको ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा पनि छ । 
त्यसैले अहिले सम्म सर्वसाधारणहरूमा मुद्दती खाताले बढी ब्याज दिन्छ भनेर राम्रो मान्दै आउनुभएको थियो । पछिल्लो समय बैंकहरूको बीचमा भएको तीब्र प्रतिस्प्रर्धाले गर्दा बैंकहरू उच्च ब्याजदर सँगै अन्य सुविधा पनि दिन थालेका छन् । एन आई सी एशिया बैंकले ल्याएको यो न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनाले ब्याज मात्रै नभइ बीमा सुविधा पनि दिएर मुद्दती खाताको परिभाषानै परिवर्तन गरिदिएको छ ।  

एन आई सी बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ब्याज बाहेक अन्य के के सुविधा पाइन्छ ?
एन आई सी एशिया बैंकले पछिल्लो समय ल्याएको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ९.७५ प्रतिशत ब्याज सँगै २१ लाख रूपैयाँ सम्मको बीमा सुविधा पनि दिदै आएको छ । अन्य बैंकहरूले सोही ब्याजदर दिएको भएपनि बीमा सुविधा दिने भनेको एनआईसी एशिया बैंक मात्रै हो ।  
न्यू सुपर चमत्कारिक मुद्दती खाता खोल्नुभएका ग्राहकहरूले जीवनमा आईपर्न सक्ने अकल्पनिय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउदै आउनुभएको छ । यस बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत दिदै आएको छ । यसैगरी आफ्नो ग्राहकको बहिरंग (इएम्) उपचार गर्नु परेमा २० हजार रूपैयाँ सम्मको सुविधा लिने छ । यो २० हजार रूपैयाँले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्नेछ । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रूपैयाँ सम्म बीमाबाटै खर्च गर्न सकिनेछ । यो सबै खर्च औषधी उपचार बीमा अन्तर्गत बैंकले नै भुत्तानी गर्दै आइरहेको छ । 

२१ लाख रूपैयाँ बराबरको बीमा सुविधा ग्राहक आफैले लिन कति खर्च लाग्छ ?
एन आई सी एशिया बैंकले दिने २१ लाख रूपैयाँसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँ बचत गर्न सक्नुहुनेछ । त्यसैले एन आई सी एशिया बैंकले खाता खोलेकै भरमा दिएको यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती सुविधा हो । 

मुद्दती खातामा राखेको पैसा आफूलाई आवस्यक परेको बेलामा सजिलै निकाल्न मिल्दैन । त्यस्तो अफ्ठेरो अवस्थामा के गर्ने ?
हो, मुद्दती निक्षेपमा राखेको रकम समय परिपक्क नहुदा सम्म निकाल्न मिल्दैन । ग्राहकहरुले समय सकिएपछि मात्रै मुद्दती निक्षेपमा राखेको रकम निकाल्न सक्नुहुन्छ । तर, अकल्पनिय दर्घटनाका कारण मुद्दती निक्षेपमा राखेको रकम परिपक्क हुनु अघिनै आवश्यक पर्न सक्छ । त्यो अवस्थामा आफूसँग भएको रकम बैंकमा बन्द हुने र आफूले अरुसँग ऋण खोज्नु पर्ने अवस्था आउन सक्छ । यस्तै समस्या समाधानका लागि एन आई सी एशिया बैंकले मुद्दती निक्षेपमा बीमा सुविधा पनि ल्याएको हो । 
एन आई सी एशिया बैंकको न्यू सुपर चमत्कारि मुद्दती निक्षेप खातामा पाइने तीन बीमा सुविधाबाट ग्राहकहरुले आकस्मिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ । यसले उहाँहरूको वित्तीय सहयोगका साथै सुविधा पनि पनि पाउनुहुन्छ । बीमा योजना भित्र नपर्ने अन्य व्याक्तिगत कामको लागि रकम आवस्यक परेमा भने मुद्दती निक्षेपमा राखेको रकम धितोमा राखेर मुद्दती बचतको ९० प्रतिशत सम्म ऋण लिन सकिन्छ । 

बैंकले दिएको बीमा सुविधामा सर्वसाधारणले कसरी विश्वास गर्ने ?
एन आई सी एशिया बैंकले अहिले सम्म विभिन्न निक्षेप खाताहरु मार्फत देशभरका १ सय २ जना ग्राहकको करिब ६० लाख रूपैयाँ बीमा रकम प्राप्त गरिसक्नु भएको छ । बैंकले ल्याएको चमत्कारिक खाताहरुमा तीन किसिमका बीमा योजना अन्तर्गत मेडिकल बीमा ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरुको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमाबाट ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ सुविधा लिइसक्नु भएको छ । 
एन आई सी एशिया बैंकबाट केही हप्ता अगाडि मात्रै पनि अर्घखाँचीका बुद्धिराम भुसालले घातक रोगको बीमाबापत सबैभन्दा बढी १५ लाख रूपैयाँ पाउनुभएको छ । यो नै हाम्रो ग्राहकहरूको लागि विश्वास गर्ने राम्रो उदाहरण हो । उहाँले शिखर इन्स्योरेन्सबाट उक्त रकम पाइसक्नु भएको छ । 
त्यस्तै दुर्घटना बीमाअन्तर्गत सुनवलका देउप्रसाद गुरुङ्गको मृत्युपछि उहाँको परिवारले ४ लाख ९१ हजार २ सय ५३ रूपैयाँ रकम पाउनु भएको छ । उहाँको परिवारलाई नेको इन्स्योरेन्सले बीमा बापतको रकम प्रदान गरेको हो । विरगन्जका ध्रुवसिंह ठकुरीले मेडिकल बीमा अन्तर्गत सबैभन्दा बढी १ लाख ५० हजार रूपैयाँ शिखर इन्स्योरेन्सबाट प्राप्त गरिसक्नु भएको छ । यी उदाहरणहरुनै विश्वासका आधार हुन् ।  

मुद्दती खाता कसरी खोल्न सकिन्छ ?
एन आई सी एशिया बैकको जुनसुकै शाखा कार्यलयबाट मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । त्यसबाहेक एन आई सी एशिया बैंकले इन्टरनेट बैंकिङ्ग सेवा पनि उपलब्ध गराएको छ । बैंकको इन्टरनेट बैंकिङ सेवा मार्फत ग्राहकवर्गहरुले घरमै बसेर पनि मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ । ग्राहकको नागरिकता र एक प्रति पासवर्ट साइजको फोटोका आधारमा बैंकमा मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ । 

‘मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजसँगै
फाल्गुन २०, २०७६ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.