शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ६७ औं प्रजातन्त्र दिवस मनाइयो
फाल्गुन ७, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, ७ फाल्गुन । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट निरंकुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउदै आएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम शनिबार सिरहामा पनि मनाइएकोछ। सिरहाको जिविस समिक्षालयमा आयोजित ६७ औं प्रजातन्त्र दिवस समारोह कार्यक्रममा स्थानीय विकास अधिकारी सुरेश राउतको अध्यक्षता, सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य एवं अतिथीहरु जिल्ला शिक्षा अधिकारी अरबिन्द्र लाल कर्ण, नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाली कांग्रेसका जिल्ला सचिव उपेन्द्र कुमार यादव लगायत विभिन्न कार्यालयका प्रमुख, बुद्धिजिवी, नगरवासी, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो । 

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय विकास अधिकारी सुरेश राउतले समावेशीको सिद्धान्त बमोजिम जनतालाई विकास निर्माण लगायतका काममा सहभागिता र कानूनी शासनको प्रत्याभूति नगराए सम्म प्रजातन्त्रको मर्म बुझ्न नसक्ने बताउनुभयो । वहाँले भन्नुभयो मानव जीवनको अन्तिम गन्तव्य भनेको विकास हो र विकासका काम गर्दा जनतालाई हामीले खुशी पारेका छौ कि छैनौ सो को समीक्षा गर्नुपर्ने बताउनुभयो । वहाँले समाजको छाँयामा रहेर काम गर्न राजनितिक र कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.