शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा बसलाई ओभरटेक गर्न लाग्दा लहानका एक जना सहित दुईकाे
साउन १८, २०७८ | शुभ नारायण यादव

शुभ नारायण यादव -
राजविराज, १८ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा न. ४ अमाहामा अाज साझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा सिरहाको लहान नगरपालिका वडा न.–१७ का २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका वडा न.–७ का २८ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।डिएसपि काफ्लेका अनुसार पूर्वतर्फ आउँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आइरहेको बा२ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

साे दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा सवार चौधरी र ९५५६ नम्बरको मोटसाइकलमा यादवको मृत्यु भएको डिएसपी काफ्लेले बताए । यसैगरी चौधरीको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलमा पछाडी सवार लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन् ।यसेबिच उनीहरुलाई उपचारको लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.