शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
निशुल्क स्वास्थ्य शिविरमा २५० जना लाभान्वित
चैत्र २, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ चैत २ - 
सिरहाको लहानमा लहान नगरपालिकाको आयोजनामा एक दिने : निशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। लहान ५ खुट्टी खोला झण्डा पार्क नजिक अवस्थित बिलट शाह रौनियार होमियोप्याथिक अस्पतालमा आयोजित नि:शुल्क शिविरको उद्घाटन नगरप्रमुख मुनि साहले गर्नु भएको थियो। शिविर कार्यक्रमको अध्यक्षता नारायण उप्रेती स्वामी ( ज्ञान साही ) ले गर्नु भएको थियो ,भने कार्यक्रमा लहान ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी,लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,लहान १० का अध्यक्ष मनटि मण्डल लागायतका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ,वडा सदस्य ,चिकित्सक ,समाजसेवी ,संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष सुलेमान मिया अन्सारीले राख्नु भएको थियो ,भने शुभकामना मन्तव्य वडा अध्यक्ष राकेश रोशन गुप्ता तथा प्रमुख अतिथि नगरप्रमुख मुनि साहले राख्नु भएको थियो। 

मन्तव्य राख्ने क्रममा नगरप्रमुख साहले अस्पताल होमियोप्याथिक अस्पतालको बारेमा चर्चा गर्दै सरकारी स्तरबाट नेपाल भरिमे  संचालनमा रहेको अस्पताल मात्र बिलट शाह रौनियार होमियोप्याथिक अस्पताल रहेको जानकारी गराउनु भयो। अस्पताल निर्माणमा सहयोग गर्नु हुने स्वर्गीय बिलट शाहका छोरालाई धन्यवाद ज्ञापन गर्दै लहान नगरपालिकाले आफ्नो आय स्रोत बाट एउटा डाक्टर ,दुई वटा नर्स र एउटा सहयोगी अहेवलाई यस क्षेत्रका जनसमुदायलाई चुस्त दुरुस्त स्वास्थ्य सेवा प्रदान गर्न खटाइएको जानकारी गराउदै होमियोप्याथिकको उपचार पद्धति अलिक विस्तारै काम गरे पनि पुरानो भन्दा पुरानो रोगहरुको जरै देखि उपचार गर्ने राम्रो पद्धति भएको जिकिर गर्दै सबै जनसमुदायलाई सेवा लिन आग्रह गर्नु भयो। शिविरमा हाडजोर्नी तथा नशा रोग सम्बन्धि,स्त्री रोग सम्बन्धि ,पेट सम्बन्धि लगायत अन्य रोगहरुको चेक-जाँच गरिएको छ। शिविरमा नि:शुल्क औषधि सहित २५० जनाले स्वास्थ्य लाभ लिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.