शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महानिरीक्षक केशरीराज द्वारा इप्रका महुली उद्घाटन
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता

सप्तरी, फाल्गुन १३ गते।
इलाका प्रहरी कार्यालय महुली सप्तरीको नव निर्मित भवनको प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो।समुद्घाटन कार्यक्रमको अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्या उनु हुने स्थानिय महानुभावहरुलाई समेत कदर-पत्रले सम्मान गरिएको छ।नेपाल सरकार शान्ति तथा पुनः निर्माण मन्त्रालय शान्तिकोषको रु १ करोड ४६ लाख ,७७ हजार ६ सय ४९ रुपैया लागत खर्चमा श्री कोशी एण्ड निर्माण सेवा प्रा.लि. काठमाण्डौंले उक्त सुबिधा सम्पन्न भवन निर्माण गरेको हो।सप्तरी बकधुवा गाविस वडा नम्बर-९ स्थित २ कठ्ठा डेढ धुर क्षेत्रफल जग्गामा रहेको साढे २ तले पक्की भवनमा १५ कोठा छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.