शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सामी परियोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न
असाड १६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १६ - 
सिरहाको लहान नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजनाले नव निर्वाचित जनप्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार लहान नगरप्रमुख महेश प्रसाद चौधरीको अध्यक्षता तथा सिरहा जिल्ला प्रमुख लालबाबु कवारीको विशिष्ट आतिथ्यतामा लहान नगर सभाहलमा सम्पन्न कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो,प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुसाल, लहान ३ का वडा अध्यक्ष राम दयाल महतो, ४ का वडा अध्यक्ष रामनाथ पण्डित, वडा ५ का वडा अध्यक्ष अब्दुल करिम ,वडा ६ का अध्यक्ष रमेश गौतम,वडा ९ का वडा अध्यक्ष घुरन चौधरी,वडा ११ का अध्यक्ष सुर्य नारायण चौधरी,लहान १३ का अध्यक्ष मनोज कोइराला,वडा १६ का अध्यक्ष गडुल वहादुर जर्घा मगर ,वडा १७ का अध्यक्ष प्रथमलाल चौधरी ,वडा १९ का अध्यक्ष कमरुद्दीन राइन ,वडा २१ का अध्यक्ष राज कुमार यादव,लहान २२ का अध्यक्ष श्याम कुमार अधिकारी थारु,लहान २३ का अध्यक्ष बद्री यादव र लहान २४ का वडा अध्यक्ष रास लाल राय राजपुत लगायत नव निर्वाचित कार्यपालिका सदस्य,विभिन्न शाखाका प्रमुख,महिला मानव अधिकारकर्मी श्याम साह ,समी परियोजनाका पदाधिकारी उपस्तिथी रहेको थियो। 

कार्यक्रममा बोल्दै वक्ताहरुले वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाई न्यूनीकरणका लागि सामी परियोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै वैदेशिक रोजगारीबाट सृजित समस्या ॠण, ठगी, जेल,शोषण, अलपत्र, अङ्गभङ्ग, पारिवारिक बेमेल, छोड पत्र, विखण्डन, सामाजिक लाञ्छना, मानसिक तनाव, बालबच्चा र वृद्धहरूको हेरचाहमा समस्या जस्ता कुरामा पनि परियोजनाले काम गर्दै आइरहेता पनि यसलाई ग्रास रुट बाट अगाडी बढाउँन सुझाव दिए। सामी परियोजनाको काम र कर्तव्य बारे हरेक नागरिकले थाहा पाउन सके यसको विशेषता अझ बढ्दै जाने र आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरणका क्षेत्रमा अतुल्य सहयोग पुग्ने कुरामा जोड दिए। अन्तरक्रिया कार्यक्रममा सामी परियोजना बारे जानकारी समेत गराइएको थियो। कार्यक्रममा नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई गम्छा ओढाएर सम्मान समेत गरिएको थियो। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.