शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेञ्चुरी बैंकका ग्राहकवर्गले होटल गौधुलीमा आकर्षक छुट पाउने
आश्वीन १२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज १२ - 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लहान शाखाका ग्राहकवर्गले होटल गौधुलीमा आकर्षक छुट पाउने भएका छन्। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लहान शाखा र लहाननगरपालिका वडा नं. ४ मा रहेको होटल गौधुली बीच ग्राहकवर्गलाई होटलले प्रदान गर्ने सेवामा आकर्षक छुट दिने विषयमा सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्गप्रयोगकर्ता लगायतबैंकको यस सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई होटल  गौधुलीमा खाना ,नास्ता,पेय पदार्थका सामानहरु र वासको प्रवन्धमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौताभएको हो । उक्त सम्झौतापत्रमा होटल गौधुलीका तर्फबाट संचालक अशोक लाल अमात्य र बैंकका तर्फ बाट लहान शाखाका शाखा प्रबन्धक अमर कुमार साहले जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा ,सचिव प्रदिप गुप्ता र बैंकका अन्य कर्मचारीहरुको उप्स्तिथिमा हस्ताक्षर गरेका छन्। 

सेञ्चुरी बैँकले सिरहा जिल्लाको लहान र सिरहा शाखा सहित देशका सुगम तथा दुर्गम क्षेत्रबाट आधुनिक प्रबिधि मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । हाल सेञ्चुरी बैंकका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २५ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवामार्फत सन्तुष्टी प्रदानगर्दै आएको छ ।थपजानकारीका लागि बैंकको वेबसाइट www.centurybank .com. np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

कामधेनु बचत तथा ऋण सहकारीको आयोजनामा
चैत्र ९, २०७९ | सरगम खबर समाचारदाता
दिपशिखा धितोपत्रको छैटो शाखा लहानमा
फाल्गुन १४, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.