शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आइडियल सहकारी संस्थाद्वारा सहिद परिवारलाई सम्मान
चैत्र ११, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, ११ चैत । 
आईडियल सहकारी संस्था लिमिटेडले सप्तरीको मलेठ घटनाका सहिद परिवारहरुलाई आर्थिक सहयोग तथा दोसल्लाह ओढाएर एक कार्यक्रमबिच सम्मान गरेको छ ।उद्योग बाणिज्य महासंघ राजविराजको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रम बिच संस्थाका अध्यक्ष गणेश कुमार आशले सप्तरी घटनाका पाँच वटै सहिद परिवारहरुलाई नगद १५ हजार सहित दोसल्लाह ओढाएर सम्मान गरेको हो ।संस्थाको अध्यक्ष आशको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पाँच वटै सहिदहरुको पत्नीको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक सदस्य शैलेश चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ सप्तरी शाखा सदस्य चन्दन कुमार यादवले गर्नुभएको थियो ।स्मरण रहोस नेकपा एमालेको मेची महाकाली राष्ट्रीय अभियानका क्रममा गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरिद्वारा चलाइएको गोली लागी मलेठ–२ का सञ्जन मेहता, विरेन्द्र महतो तथा मलेठ–४ का पिताम्बर मण्डल, जमुनी मधेपुरा–१ का ईनर यादव र प्रसवनी–७ टेङ्गरीका आनन्द साहको मृत्यु भएको थियो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.