शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै
मंसिर २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर २९ - 
सिरहाको लहानमा फेशन शो हुने भएको छ। स्मार्ट टेलर्स र क्रेटिभ डान्स एकेडमी लहानको आयोजनामा लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ। स्मार्ट टेलर्सका म्यानेजिङ्ग डाईरेक्टर मोहम्मद रजाबुल अन्सारीका अनुसार फेशन पारखीहरुको हब बन्दै गएको लहानमा उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि लहानमा स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट आयोजना हुन लागेको बताएका छन्।

यसै बीच सनिबार ईभेन्टको सफलता पुर्वक पहिलो अडिसन सम्पन्न भएको छ। स्मार्ट टेलर्सका  म्यानेजिङ्ग डाईरेक्टर मोहम्मद रजाबुल अन्सारीको अध्यक्षता तथा लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोको प्रमुख आतिथ्यता सम्पन्न पहिलो अडिसनको निर्णायक समितिमा कृष्णा कर्ण , विजय कुमार महतो, मोडल सुस्मिता श्रेष्ठ र दिशांत बुढाथोकी रहेका थिए।  ईभेन्टको मिडिया पार्टन रहेका शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख र 3D मिडिया हाउसका संचालक शुभाष श्रेष्ठ  तथा फोटो ग्राफर लगायत शो का डिजाइनर पिंक बुटिक गोलबाजर र स्मार्ट टेलर्स लहानका व्यवस्थापक, भिडिओ ग्राफर राम उदगार,  क्रेटिभ डान्स एकेडमी लहानका संचालक मोहन कर्ण , अतिथि सन्तोष राय,सरोज कर्ण ,आशिष सिंह ,ग्यान महतो ,गायक सरोज सन्त , लगायत टिमका सदस्यहरु इन्दिरा श्रेष्ठ,सविना श्रेष्ठ ,प्रियंका दास,स्वेता सेन, मोहम्मद राजा अन्सारी ,ज्योति चौधरी र प्रति जयसवालको उपस्तिथिमा १० जना युवा र २३ जना युवती गरि सहभागि ३३ जनाले सनिबार पहिलो अडिसन दिएका छन्।

लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्टको दोस्रो अडिसन यहि मिति २०७६ पुस ९ गते बुधबार  बिहान ११ बजेदेखि ४ बजेसम्म क्रेटिभ डान्स एकेडमीको हलमा हुन लागेको शो का कोर्योग्राफ़र सोनु कर्णले जानकारी दिएका छन्। रर्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले तोकिएको मितीमा अडिसन दिन सकिने बताइएको छ । मोडलिंग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट बन्चित र यस क्षेत्रको बारेमा विभिन्न जानकारी हासिल गरि व्यवसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने क्रेटिभ डान्स एकेडमीका संचालक मोहन कर्णले जानकारी दिए । उक्त फेशन शोको लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ।

अडिसनमा छनोट भएका मोडलहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने जनाइएको छ। फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ। यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई विशेष ग्राहयता दिने जनाएको छ। फाइनलका लागि २५ देखि ३० जना सम्म युवायुवतिहरु लाई छनोट गरिने छ। पहिलो अडिसन बाटै अन द स्पट ७ जना फाइनलका लागि चयन भइसकेको आयोजकले जनाएका छन्। बाँकी रहेका अन्य सहभागीहरुको चयन दोस्रो अडिसन पछि गरिने जनाइएको छ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.