शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस्टर एण्ड मिस सिरहा आइकनको फिनाले माघ २८ गते हुने
माघ ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ ६ - 
सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते हुने आयोजकले जनाएको छ। पी. प्रोडक्सन नेपाल प्रालिको आयोजनामा संचालन भइरहेको" मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले  २० दिनको तालिम पश्चात माघ २८ गते वाटिका टुरिजम प्रालिमा हुने आयोजकले जनाएका हुन्। देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गरेर ख्याती कमाउन सफल पी. प्रोडक्सनका कार्यक्रम संयोजक विशाल पासवानले समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण ,बाल विवाह तथा लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अविबिर्द्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए। 

फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता हुने अर्ग्नाइजर पासवानले जानकारी दिएका छन्। फिनालेमा नेपालका दिगज कलाकर्मी तथा मोडलहरु जजको रुपमा रहने छन,भने नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन। विजेता दुवै जनालाई नगद पुरस्कार ,मोड्लिंग एग्रिमेन्ट, मियुजिक विडियो गर्ने मौका,विभिन्न तालिम, एशक्लर्शिप, आकर्षक उपहार संगै अवार्ड र नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन्। 
 यसै बीच प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो अडिसन तथा टाइलेंट राउन्डमा सहभागी २५ जना युवा युवतीहरुले नृत्य ,गायन,महिला हिँसा,बेराजगारी लगायतका शिर्षकमा आ-आफ्नो कला प्रस्तुत गरेका थिए। टाइलेंट राउन्ड नेपाल युवा संघका जिल्ला सहसंयोजक आशानन्द यादवको प्रमुख आतिथ्यता तथा युवा संगका विवेक परियार ,मनोज सहनी ,पंकज गोस्वामी ,कलाकार दिशांत बुढाथोकी ,गोधुली होटलका संचालक आयुस अमात्य लगायतको उपस्तिथिमा सम्पन्न भएको हो। तेस्रो अडिसन तथा टाइलेंट राउन्डका जजहरुमा संयोजक तथा मिस्टर  वर्ल्डवाईड इन्टरनेशनल नेपाल २०२० विजेता विशाल पासवान ,मिस सिरहा २०२० विजेता सुप्रिया मण्डल संगै शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख रहेका थिए।

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.