शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ‘एक घर दुई विरुवा रोप्न’ नगर प्रमुख चौधरीको आग्रह
जेठ २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २३ - 
लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले लहानलाई ग्रीन सिटी बनाउन एक घर दुई विरुवा रोपेर सहयोग गर्न नगरवासीलाई अनुरोध गर्नु भएको छ। विश्व वातावरण दिवसको अवसरमा लहानमा आँप र लिच्चीको विरुवा रोप्दै उनले यस्तो आग्रह गर्नु भएको हो।‘लहानको वातावरणसँग सहरीकरणलाई जोड्न खोज्दैछौं । त्यही भएर हामीले लहानमा २२ हजार वृक्षरोपण गर्ने योजना बनाएका छौ ’, प्रमुख चौधरीले भन्नुभयो ‘विरुवा रोपेरमात्रै हुँदैन । हरेक नगरवासीले विरुवाको संरक्षण तथा सम्बर्द्धन गर्न आवश्यक छ । एक घर दुई विरुवा रोप्न सकेको खण्डमा हरियाली लहान बजार बनाउन सक्छौं । बढ्दो बजारीकरणले गर्दा जंगल फडानी हुने तथा प्रदुषणको समस्या यथावत रहेको हुँदा सम्पुर्ण नगरवासीले वृक्षारोपणमा ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उनले सुनाए। ‘हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.