शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वृजेन्द्र फर्निचरका संचालक द्वरा २ सय परिवारलाई चामल सहयोग

9 Views

बैशाख २६, २०७७ | फिरोज शेख


कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो ४६ दिनदेखि जारी लकडाउनको कारण अप्ठ्यारोमा परेका लहान ६ का गरिब ,विपन्न,एकल महिला तथा मजदुर परिवारलाई वृजेन्द्र फर्निचर लहान - ६ का संचालकले राहत स्परुप चामल बाडेका छन। फर्निचरका संचालक देवनाथ साहका अनुसार आफ्नो निजि आर्थिक सहयोगमा वडाको विभिन्न टोलमा बस्ने दलित  ,मजदुर ,विपन्न परिवार ,एकल महिला गरि दुइ सय  परिवारलाई २५ किलोको दरले चामल राहत बाँडिएको हो । 
 
लकडाउनले अप्ठ्यारोमा परेका विपन्न, दैनिक ज्यालादारी, मजदुर, असहायहरूको पहिचान गरी सामाजिक दुरी कायम गरि राहत बाँडेको संचालक साहको भनाइ छ। राहत वितरण कार्यक्रममा नेकपाका युवा नेता सत्य नारायण यादव , समाजसेवी बैजनाथ साह ,अजय कुमार साह ,समेश नायक ,नरेन्द्र कुमार झा , राम जतन साह , राजु अधिकारि ,प्रकाश रेग्मी , डाक्टर वृजेन्द्र कुमार साह लगायतको उपस्तिथी रहेको थियो। ‘लकडाउनले विपन्न, ज्यालादारी मजदुर परिवारलाई चुलो बाल्नै समस्या परेपछि आफूले थोरै भए पनि राहत उपलब्ध गराउन पाउदा आफु लाई भाग्यमानी महसुस गरेको वृजेन्द्र फर्निचरका संचालक साह बताउनु हुन्छ। 

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.