शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन शुरु
साउन १८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन १८ - 
लहान नगरपालिकाले गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। बुधबार देखि लहान नगरपालिका पशु विकाश शाखाले ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको हो। लहान नगरपालिका पशु विकाश अधिकृत राम कृष्ण यादवले  ‘लम्पी स्किन’ रोगविरुद्ध खोप लगाउन बुधबार बाट सुरु भएको जानकारी दिनुभयो। उहाँले पहिलो चरणमा लहान नगरपालिका अन्तर्गत रहेका पशुपालक फार्महरुका गाईभैसीहरुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अगाइने बताउनु हुँदै बुधबार पहिलो दिन १९५ वटा पशुहरुमा खोप लगाइएको जानकारी गराउनु भयो। हालसम्म मधेश प्रदेशका करिब ७० हजार गाईगोरु र ३ हजार भैँसी ‘लम्पी स्किन’ रोगबाट ग्रसित रहेका छन्। उक्त रोगबाट मृत्यु हुने पशुको सङ्ख्या गाईगोरु र भैसी गरी करिब २ हजार १ सय रहेको पशु चिकित्सकले जानकारी दिनुभयो। यस रोगबाट मधेश प्रदेशमा सबैभन्दा बढी संग्क्र्मित गाई देखिएको बताइन्छ। प्रदेशमा गाई र भैँसी गरेर पशुको सङ्ख्या करिब २४ लाख भन्दा बढी रहेको छ। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.