शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धान दिवसकाे अवसरमा ३५ जना किसान सम्मानित
असाड १५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असर १५ - 
धान दिवसकाे अवसरमा ३५ जना किसान सम्मानित भएका छन्। ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारा सहित लहान नगरपालिकाद्वारा आयोजित २० औ राष्ट्रिय धान दिवसमा लहान नगरपालिका  वडा नं.-२० बस्ने श्री नारायण मुसहर उत्कृष्ट कृषक सम्मान सहित ३५ जना किसानहरु नगद रु .५/५ हजारसहित सम्मानित भएका छन्। मेयर महेश चौधरी, उपमेयर रामचलितर महताे, प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतम, वडा अध्यक्ष बद्री चौधरी, सुर्यनारायण चौधरी, श्याम अधिकारी, रमेश गौतम, गडुल बहादुर जर्घामगर, घुरन चौधरी लगायत कार्यक्रममा सहभागी भएका थिए।कार्यक्रमको आयोजना लहान नगरपालिका कृषि शाखा द्वारा गरिएको थियो। कार्यक्रमको संचालन कृषि शाखा अधिकृत प्रकाश साह हलुवाईले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई दहि ,चिउरा ,आप लगायतका खानेकुरा खुवाइएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.