शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीका किसानहरु चेतै धान रोप्नमा ब्यस्त
चैत्र १०, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १० चैत ।  
सप्तरीको दक्षिणी भेगका किसानहरु अहिले कम्मर कसेर चेत्तै धान रोप्नमा दिनरात्त लागिपरेका छन ।जिल्लाको दक्षिणी भेगका छिन्नमस्ता ,ईटहरी विष्णुपुर ,बरही बिरपुर ,कोचाबखारी ,लौनिया ,तिलाठी ,रम्पुरा मल्हनिया ,सकरपुरा ,हनुमाननगर ,इनर्वा ,नर्घो ,झुटकी ,बनैनियाँ ,जमुनी मधेपुरा ,मलेकपुर ,बेल्ही चपेना ,हरीहरपुर ,दिघवा ,पकरी ,औरही ,फकिरा ,पातो सहितका गाबिसका किसानहरु अहिले दिनरात चेतै धान रोप्नमा लागिपरेका हुन ।सप्तरीको बरही बिरपुर ७ का एक किसान वौवा लाल यादवका अनुसार विगतका वर्षहरुमा धेरै मात्रामा चेतै धान रोपेपनि अहिले पछिल्लो वर्षहरुमा यहाँका किसानहरुले समयमा पानीको उचित व्यवस्था नभएका कारणले गर्दा न्युन मात्रामा चेतै धान लगाउने गरेको बताउनुभयो । उहाँले सिंचाईको लागि घर नजिकैबाट नहर गएपनि त्यहाँका किसानहरुका लागि आवश्यकता परेको समयमा नहरमा पानी नै नहुने गरेकाले तथा सिंचाईको उचित व्यवस्था नभएपछि र बर्षाको पानीको भरमा खेति गर्न नसकिने अवस्था रहेको गुनासो गर्नुभयो । 

त्यस्तै सिंचाईको उचित व्यवस्था नभएकै कारणले अहिले त्यस भेगका किसानहरुले पनि थोरै मात्रामा चेतै धान लगाउने गरेको छ ।  यस वर्ष सप्तरीको विभिन्न गाबिसहरुमा करिब २ सय हेक्टर अर्थात ३ सय विगहा जग्गामा चेतै धान लगाउने अनुमान जिल्ला कृषि विकास कार्यालय सप्तरीको रहेको छ ।जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण एवं सुचना अधिकृत दिनेश प्रसाद यादवका अनुसार जिल्लाको छिन्नमस्ता र हरीपुर गाबिसमा सबैभन्दा बढी चेतै धान बाली लगाईएको जानकारी दिनुभयो । उहाँका अनुसरा सो गाबिसहरुमा हरीपुर गाबिसमा ५० हेक्टर र छिन्नमस्तामा १ सय २५ हेक्टरमा चेतै धान लगाईएको बताउनुभयो । त्यस्त्ै यस वर्ष बृहत धान उत्पादनका लागि १ हेक्टर धान रोप्ने किसानहरुका लागि डेढ बिगहाको लागि ५ हजार नगद जिल्ला कृषि विकास कार्यालयबाट सहयोग प्रदान गर्ने र त्यसका लागि बालीको बिमा कार्यक्रम समेत संचालन गरेको जानकारी दिनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.