शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ईनार निर्माण गरि समाजसेवी चौधरीले मनाए जन्मदिन
साउन १५, २०७७ | सरगम खबर समाचारदाता

सिरहा २०७७ साउन १५ -  सिरहाको लाहान नगरपालिका २४ मा मस जोडीको अगुवाईमा ईनार निर्माण गरिएको छ । जन श्रमदान र मस जोडी (महेश चौधरी र संगिता कर्माचार्य) को ब्यक्तिगत लगानीमा ईनार खनिएको स्थानीय कमल पासमानले जनाएको छ ।महेश चौधरीको जन्मोत्सवको शुभ उपलक्ष्यमा उद्घाटन गरिएको ईनारको पानीले करिब २५ घर दलित समुदाय लाभान्वित भएको स्थानीयवासी सोखिया सदाई बताउँछिन ।  सुख्खा मौसममा पानीको हाहाकार हुने पक्की टोलमा मस जोडीको 'पानी खुवाउने' अभियानबाट त्यहाँका जनसमुदाय ज्यादै हर्षित भएको एक संचारकर्मी धर्मेन्द्र पासवान ले जनाए । अनुमानित १ लाख ५० हजारमा निर्माण गरिएको उक्त ईनार ले पिउन पानीको साथ साथै सिचाईको लागि पनि उपयुक्त भएको स्थानीय राजेन्द्र पासमानले बताए ।  ईनार खन्ने, खाद्यान्न बाटने, लत्ताकपडा बाडने, फलफूल बितरण तथा गर्भवती महिलालाई पौष्टिक आहार वितरणलगायतका कार्यले मस जोडीले विगत केहि महिना देखि निकै चर्चा बटुलेका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.