शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वर्गीय डा.चौधरीको श्रद्धान्जली सभा सम्पन्न
कार्तिक २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २१ - 
सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा.पशुपति चौधरीको १३ औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ।  श्रद्धान्जली कार्यक्रमा केन्द्रिय मंन्त्री, प्रदेश मंन्त्री,स्वास्थ्यकर्मी लगायत थुप्रै शुभ चिन्तकहरुको उपस्तिथी रहेको थियो। स्वास्थ्य क्षेत्रमा अतुलीय योगदान पुर्याउनु भएका स्वर्गीय डा. चौधरी विगत ११ महिना देखि पित्तथैलिको क्यान्सर बाट पीडित हुनुहुन्थ्यो। डा.चौधरीको लहान स्थित आफ्नै निवासमा २०७७ कार्तिक ९ गते ६४ बर्षको उमेरमा निधन भएको थियो।

श्रद्धान्जली कार्यक्रमा प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित  मृगेन्द्र सिंह, प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल,भुमि व्यवस्था कृषि तथा सहकारी मंन्त्री सैलेन्द्र प्रसाद साह,आर्थिक मामिला तथा योजना मंन्त्री विजय यादब,उधोग प्रर्यटन वन तथा वातावरण राज्य मंन्त्री सुरेश कुमार मंण्डल लगायतले श्रद्धान्जली सभा लाई सम्बोधन गर्दै श्रद्धान्जली कार्यक्रम लाई शान्ति सभाको रूपमा मनाउनु पर्ने कुरामा जोड दिदै डा.चौधरीको निधनले लहानको एउटा खम्बा ढलेको छ। स्वास्थ्य क्षेत्रमा डा.चौधरीको योगदान स्मरणीय छ। 

डा. चौधरीको आत्माले शान्ति पाओस, डा.चौधरीले भौतिक रुपमा शरीर मात्र छोडेर गएको उहाँको कृति युगो -युग सम्म रहिरहने बताउदै एउटा असल अभिभावक गुमाएको महसुस भइरहेको बताए। कार्यक्रममा सहभागी सम्पूर्णले स्वर्गीय डा. चौधरीको तस्विरमा फुलमाला र अबिर अर्पण गरी श्रद्धान्जली दिएका थिए। बुबाको सोकमा डुबेका डा. सुभाष साहले श्रद्धाञ्जली सभा संगै शान्ति भोजको समेत ब्यवस्था गरेका थिए। विक्रम संवत २०१३ पुष २२ गते सप्तरी जिल्लाको पथरगाडा गाविस वडा न. १ मा जन्मिनुभएका डा. चौधरी मधेश आन्दोलनमा सक्रिय हुदै  राजनीति क्षेत्रमा समेत सक्रिय भई लागेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.