8 Views
फिरोज शेख लहान २०७७ माघ २९ -
सिरहाको लहानमा एपोलो ओम सेकेन्डरी स्कुल र साइपल कलेजको आयोजनामा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिता अन्तर्गत जारि प्रतियोगिता अन्तर्गत विहिबार सम्पन्न दुई खेलमा एपोलो ओम सेकेन्डरी स्कुल र बेबी एन्जल स्कुल विजय भएका छन्। प्रतियोगिता अन्तर्गत विहिबार एपोलो र समता स्कुल विच भएको पहिलो खेलमा एपोलो स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन बनाएका थिए। १२७ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिंग गर्न आएका समता स्कुलले १७ ओभर एक बलमा अलआउट हुँदै १०८ रनमा समेटिए पछि १८ रनले पराजित भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपोलोका खिलाडी अनिश मण्डल म्यान अफ द म्याच भएका छन्।
यसै बीच प्रतियोगिता अन्तर्गत विहिबार सम्पन्न दोस्रो खेलमा बेबी एन्जल स्कुलले लोर्डबुद्ध स्कुललाई ३७ रनले पराजित गर्दै जित निकालेका छन्। टस जितेर पहिला ब्याटिंग गरेका बेबी एन्जलले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५१ रन बनाएको थियो। जिवाफी ब्याटिंग मैदानमा उत्रेका लोर्डबुद्ध स्कुलमे निर्धारित २० ओभरको सामना गर्दै ९ विकेटको क्षतिमा ११४ रनमै समेटिएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका बाबु यादव म्यान अफ द म्याच भएका छन्। दुवै खेलको निर्णायक एम्पायरमा संजय चौधरी र अजय पासवान रहेका थिए ,भने स्कोरर कसिन्द्र कुमार दास ,उद्घोषक राधे मण्डल रहेका थिए।