शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जिल्ला स्तरीय मेयर कराते कप २०७७ प्रतियोगिता सुरु

11 Views

चैत्र ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ७ - 
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ शुर्बार देखि लहानमा जिल्ला स्तरीय मेयर कराते कप २०७७  प्रतियोगिता सुरु भएको छ । लहान नगरपालिकाको आयोजना तथा लहान नगरपालिका वडा न .८ को कार्यलय र नेपाल सितोरिया कराते संघ सिरहा लहानको सह आयोजनामा लहान ३ मा अवस्थीत कवर्ड हलमा प्रतियोगिता सुरु गरिएको हो । नेपाल सितोरिया कराते संघ सिरहा लहानका अध्यक्ष राजेश गुप्ताको अध्यक्षता तथा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमन्न्द भुसालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिताका बिशिष्ट अतिथि लहान -८ का वडा अध्यक्ष विजय कुमार महतो ,वडा -७ का अध्यक्ष राकेश रोशन गुप्ता संगै अतिथिहरुमा लहान नगरपालिकाका सुचना अधिकारि संजय साह , जसपाका प्रयागलाल यादव ,दिनेश महतो ,सुरेश साह लगायतको उपस्तिथी रहेको थियो।  

सिरहा जिल्लाका करिव एक सय जना कराते खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत सम्पन्न शुक्रबारको खेलमा २५ देखि ६५  केजि तौल समुहका पुरुष खेलाडिमा प्रथम हुनेहरुमा धर्मपुरका आयुष पूर्वछाने  ,सुशान्त थापा मगर लहानका रोयल लामा ,ऋतिक लामा विशास सिंह मिर्चैयाका अनिल सदा,शिवा यादव ,उमेश यादव र विश्वास साह रहेका छन्। त्यस्तै महिला तर्फ प्रथम हुनेहरुमा धर्मपुरकि आइसा पूर्वछाने ,ऋतु थापा मगर ,लहान बाट प्रप्ति राई ,रोमा राई र मिर्चैया बाट कृति साह प्रथम भएकी हुन्। प्रतियोगिता अन्तर्गत शनिवार  पनि विभिन्न तौलमा प्रतिस्पर्धा गराई जिल्ला स्तरीय मेयर कराते कप २०७७ विधिवत रुपमा समापन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत प्रथम भएका महिला तथा पुरुष खेलाडीहरु प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागिता जनाउने सभा अध्यक्ष राजेश गुप्ताले जानकारी दिए। प्रतियोगिता संचालन गर्न लाग्ने सम्पूर्ण खेल सामग्री लहान ८ का वडा अध्यक्ष विजय महतोले उपलब्ध गराएको महतोले जनाएका छन्।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.