5 Views
फिरोज शेख लहान २०७७ चैत १० -
सिरहाको लहानमा लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा भइरहेको " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत सम्पन्न तेस्रो खेलमा आयोजक लहान भेट्रान फुटवल टिम लहान विजय भएका छन। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न लहान भेट्रान फुटवल टिम लहान र गाईघाट भेट्रान फुटवल टिम उदयपुर बीचको खेलमा लहानले १ गोलका विरुद्ध गाईघाट लाई ३ गोल गर्दै विजय भएका हुन। तेस्रो खेलमा पहिलो गोल गर्ने लहानका हेमन्त कुमार चौधरी लाई फुटवलका पार्खी शुभचिन्तक बाबुलाल माँझी द्वारा नगद रु .१ हजार ५०० प्रदान गरिएको थियो। भने खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका लहान भेट्रान टिमका युगल किशोर चौधरी लाई वडा न .७ का अध्यक्ष राकेश रोशन गुप्ता र वडा न .८ का अध्यक्ष विजय कुमार महतोको हातबाट म्यान अफ द म्याचको उपाधि बाट सम्मानित गरिएको थियो।
" एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता अन्तर्गत भएको तेस्रो खेलमा लहानको तर्फ बाट पहिलो हाफ मै हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलेले १ गोल गर्दै लहानलाई अग्रता दिलाएका थिए। भने हाफ टाइम पछि गाईघाटका जर्सी न .१० लगाएका कुमार तमाङ्ग १ गोल फर्काउन सफल भएका थिए। आयोजकका अनुसार प्रतियोगिताको फाइनलमा विजेता हुने भेट्रान फुटवल टीमलाई नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने हिम कस्तुरी युवा क्लव लहानका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए। प्रतियोगितामा मोरङ ,झापा ,लहान ,सर्लाही,रौतहट र उदयपुरका गरि आठ वटा टिम सहभागी छन्। प्रतियोगिता अन्तर्गत मंगलवारको खेल लालबन्दी भेट्रान फुटवल टिम सर्लाही र CMG भेट्रान फुटवल टिम विराटनगर बीच दिउँसो ४ बजे देखि हुने आयोजकले जनाएका छन्।