शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भेट्रान फुटवल प्रतियोगिताको अन्तिम नकआउट खेलमा विराटनगर विजय

8 Views

चैत्र ११, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ११ - 
सिरहाको लहानमा आयोजित " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत सम्पन्न अन्तिम नकआउट खेलमा CMG भेट्रान फुटवल टिम विराटनगर विजय हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा जारि प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न लालबन्दी भेट्रान फुटवल टिम सर्लाही र CMG भेट्रान फुटवल टिम विराटनगर बीचको खेलमा विराटनगरले लालबन्दी लाई शुन्यका विरुद्ध ७ गोल गर्दै विजय भएका हुन। चौथो खेलमा पहिलो गोल गर्ने विराटनगरका सुमन लिम्बु लाई फुटवलका पार्खी तथा शुभचिन्तक बाबुलाल माँझीले नगद रु .१ हजार ६०० र ह्याट्रिक गोल गर्ने लिलाराम मगर लाई ३ हजार १०० नगद पुरस्कारले सम्मानित गरेका थिए। यसै बीच खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका लिलाराम मगर नै म्यान अफ द म्याच घोषित भएका थिए। 

" एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता अन्तर्गत भएको चौथो अन्तिम नकाउट खेलमा CMG भेट्रान फुटवल टिम विराटनगर खेल सुरु भए देखि नै लालबन्दी भेट्रान फुटवल टिम सर्लाहीमाथि हावी हुँदै सेमीफाइनलको टिकट पक्का गरेका हुन्। आयोजकका अनुसार प्रतियोगिताको फाइनलमा विजेता हुने भेट्रान फुटवल टीमलाई नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ। प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनल बुधबार दिउँसो ४ बजे युनाइटेड भेट्रान FC मोरङ र आयोजक लहान भेट्रान फुटवल टिम बीच हुने छ ,भने दोस्रो सेमी फाइनल विहिवार दमक भेट्रान फुटवल टिम झापा र CMG भेट्रान फुटवल टिम विराटनगर बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको अन्तिम तथा फाइनल खेल शनिबार हुनेछन।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.