शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भेट्रान फुटवल प्रतियोगिताको फाइनलमा विराटनगर र दमक भिडने

7 Views

चैत्र १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १३ - 
सिरहाको लहानमा आयोजित " प्रथम भेट्रान फुटवल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल खेलमा विराटनगर युनाइटेड भेट्रान FC मोरङ र दमक भेट्रान फुटवल टिम झापा उपाधिका लागि भिडने भएका छन। प्रतियोगिता अन्तर्गत विहिवार सम्पन्न दोस्रो सिमिफ़ाइनल खेलमा दमक भेट्रान फुटवल टिम झापा विजय हुँदै फाइनलमा विराटनगर युनाइटेड संग प्रतिस्पर्धा गर्न टिकट पक्का गरेका छन्। लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा जारि प्रतियोगिता अन्तर्गत विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा दमक भेट्रान फुटवल टिम झापा ले CMG भेट्रान फुटवल टिम विराटनगर लाई ०१ गोलका विरुद्ध ०२ गोल गर्दै शनिबार हुने फाइनल खेलमा स्थान पक्का गर्न सफल भएका छन। खेलमा पहिलो गोल गर्ने जर्सी न .९ का शुसिल बस्नेत र खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका दमककै जर्सी न.१० का शुभाष लिम्बु म्यान अफ द म्याचको पुरस्कार पाउन सफल भएका थिए। दुवै खेलाडीका लागि होटेल सिम्रिकले राखेको मट्का विरयानी उपहार सनराइज बैंकका प्रदेश - २ प्रमुख रोहित महासेठ द्वारा हस्तान्तरण गरिएको कस्तुरी युवा क्लवका अध्यक्ष साज कुमार आलेले जानकारी दिएका छन। 

" एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता मात्र रहेको प्रतियोगिता अन्तर्गत भएको दोस्रो सेमी फाइनलको हाफ टाइम सम्म दुवै टिमले गोलरहित खेल खेले पनि दोस्रो हाफमा दमकले लगातार २ गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेल समाप्त हुन ५ मिनेट बाँकी रहदा विराटनगरले एक गोल गर्दै चित्त बुझाए। प्रतियोगिता अन्तर्गत शनिबार विराटनगर युनाइटेड भेट्रान FC मोरङ र दमक भेट्रान फुटवल टिम झापा बीच हुने फाइनल खेलमा विजेता फुटवल टीमलाई नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने छ ,भने उप-विजेता टिम लाई नगद रु .२५ हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिने आयोजकले जनाएको छ। 

यसै बीच शुक्रबार बेलुका लहान नगरपालिकाका जनप्रतिनिधिहरु बीच मैत्रीपूर्ण फुटवल खेल हुने आयोजकले जनाएका छन। लहान -८ का वडा अध्यक्ष विजय कुमार महतोका अनुसार नगर प्रमुख मुनि साहको एउटा टिम हुने छन। जसमा वडा न .१ देखि वडा १२ सम्मका जनप्रतिनिधिको सहभागिता रहने छ भने उपप्रमुख सरियार कुमारी चौधरीको अर्को टिममा वडा न .१३ देखि २४ सम्मका जनप्रतिनिधिको सहभागिता रहने जनाएका छन।  

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.