9 Views
फिरोज शेख लहान २०७७ चैत १५ -
सिरहाको लहानमा आयोजित " प्रथम भेट्रान फुटवल प्रतियोगिता " अन्तर्गत सम्पन्न फाइनल खेलमा दमक भेट्रान फुटवल टिम झापा विजय हुँदै उपाधि हात पारेका छन।लहान भेट्रान फुटवल टिमको आयोजना र हिम कस्तुरी युवा क्लव लहान तथा कस्तुरी युवा क्लव लहानको सहयोगमा सम्पन्न प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न विराटनगर युनाइटेड भेट्रान FC मोरङ र दमक भेट्रान फुटवल टिम झापा बीचको खेलमा दमकले विराटनगर लाई १ गोलका विरुद्ध ३ गोल गर्दै विजय भएका हुन। खेल शुरु भए देखि नै निकै घम्सा -घम्सी तथा रोमाञ्चले भरिपूर्ण फाइनल खेलमा खेल शुरु भएको केहि मिनेटमै विराट नगरले गोल गर्दै अग्रता लिए पनि त्यस पश्चात विराट नगरका ४ नम्बर जर्शी लगाएका खेलाडीले आत्मघाती गोल गर्दै खेल लाई बराबरीमा पुगाएका थिए भने पहिलो हाफ सकिन १० मिनेट बाँकी रहदा दमकले एक गोल गर्दै खेललाई ०१-०२ गोलको स्तिथिमा पुर्याउन सफल भएका थिए। खेल शुरु भएको दोस्रो हाफमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर पाए पनि दमकले पुनः एक गोल गर्दै एक गोलका विरुद्ध ३ गोल गर्दै प्रथम भेट्रान फुटवल प्रतियोगिताको उपाधि चुम्न सफल भएका हुन्।
यसै बीच " एक घण्टा व्ययाम ,नागरिकहरुका लागि नौलो आयाम मूल नाराका साथ ४० वर्ष नाघी सकेका खेलाडीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता अन्तर्गत दिपक श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यता तथा उप-प्रमुख सरियार कुमार चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,वडा अध्यक्ष,पुर्व खेलाडी,संचारकर्मी ,समाजसेवी,शिक्षक तथा सहयोगीको आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रतियोगिताको वेस्ट किपर तथा म्यान अफ द म्याच दमकका तिलक विक्रम चेम्जुङ्ग भएका छन भने वेस्ट फिल्डर शुभाष लिम्बु ,वेस्ट स्ट्राइकर सन्तोष वस्नेत भए। त्यस्तै मोरंग बाट वेस्ट डिफेन्स महेन्द्र खनाल र हाई स्कोरर सुरज कुमार श्रेष्ठ भएका छन। कार्यक्रमा विजेता हुने दमक भेट्रान फुटवल टिम झापालाई प्रमुख अतिथि नगरप्रमुख साहको हात बाट नगद रु .५० हजार सहित शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरिएको छ ,भने उप-विजेता विराटनगर युनाइटेड भेट्रान FC मोरङ टिम लाई उप-प्रमुख सरियार कुमारी चौधरीको हात बाट शिल्ड ,मेडल र प्रमाण -पत्र प्रदान गरियो भने सनराइज बैंक लहान शाखाका प्रमुखको हातबाट नगद रु .२५ हजार हस्तान्तरन गरिएको थियो। त्यस्तै प्रतियोगिता अन्तर्गत विजेता र उपविजेतालाई हौसला बढाउन नगरप्रमुख साहले आफ्नो तर्फ बाट क्रमस दश हजार र पाँच हजारको उपहार समेत प्रदान गरेका थिए। कार्यक्रममा खेल सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई सम्मान -पत्र तथा मायाको चिनोले सम्मानित गरिएको थियो। कार्यक्रमको उद्घोषण अशोक चौधरीले गरेका थिए भने प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम संगै लहान पोस्ट दैनिक रहेका थिए।