5 Views
फिरोज शेख लहान २०७८ असार - ८
लहान नगरपालिका स्वास्थ्य शाखाले डेंगु रोग नियणत्रण सम्बन्धी सरोकारवालाहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले रोग फैलिन नदिन जन चेतनाको लागि पत्रकारहरुसँग अभिमुखीकरण गरिएको हो ।अभिमुखीकरण कार्यक्रममा लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले सरुवा रोग सम्बनधी जानकारी गराउनुको साथै डेंगु रोग फैलिने समय सुरु बाइसकेको र नोभेम्बरसम्म फैलिने गरेकोले डेंगु फैलाउने लामखुट्टेले सफा पानी रहेको कालो टायर, पलाष्टिकको फलिएको गिलास,गमला रङगका डब्बामा रहेका ५ मिलिलिटर पानीमा समेत फुल पार्ने गरेको जानकारी दिए ।
यसै बीच डेंगु फैलिसकेपछि यसको नियणत्रण गर्न निकै ग्राहो हुने भएकोले यसलाई फैलिन नदिन सचेत हुनु नै रोगबाट बाँच्ने उपाय भएको स्वास्थ्य शाखाका अर्का जन स्वास्थ्य अधिकृत चन्देश्वर यादवले जानकारी दिँदै दोस्रो डेंगु फैलाउने लामखुट्टेले टोक्दा बढी खतरनाक हुने गरेको बताए ।डेंगु लागेपछि १०३ भन्दा बढी ज्वरो आउने,टाउको बढी दुख्ने,ढाडका जोर्नी दुखने र शररिमा विमिरा आउने गरेको लक्षण देखिएमा चिकित्सकको सल्लाहमा मात्रै औषधीको सेवन गर्नुपर्ने । पारासिटामोल खाएमा बढी पानी खानुको साथै पोष्टिक आहार खाइरहनुपर्ने सल्लाह दिएका छन्।