7 Views
फिरोज शेख लहान २०७८ असार २८ -
सिरहाको लहानमा महिलाहरुको पाठेघर खस्ने समस्याको दुई दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ। सामाजिक विकाश मन्त्रालय ,स्वास्थ्य निर्देशनालय प्रदेश -२ को आयोजनामा सोमबार लहान स्थित राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पतालमा दुई दिने निःशुल्क शल्यक्रिया शिविरको उद्घाटन प्रदेश -२ का सामाजिक विकाश मन्त्रि नवलकिशोर साहले एक कार्यक्रमका विच गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि साहले महिलाहरुले पाठेघर आङ खस्ने समस्यालाई लुकाउने गरेको बताउनुभयो । महिलाहरुले अज्ञानता र लाजका कारण पाठेघर खस्ने समस्या लुकाउने गरेको कारण विभिन्न समस्याहरु भोग्दै आइरहेको जिकिर गर्दै पाठेघर खस्ने समस्याबारे एक तिहाई महिलाले खुलेर भन्ने गरेपनि बाँकीले लुकाएर राख्ने प्रबृत्तिले महिलाहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्न थालेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख रहेको बताउनुभयो। कुल जनसंख्याको १० प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित रहेको बताउदै त्यसको लागी जनचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले ‘आङ खस्ने रोग विशेष गरि १६ देखि ८० वर्ष उमेरका विवाहित महिलामा हुने समस्या हो त्यसलाई नियुनिकरण गर्न जनचेतना जगाउन अहिलेको मुख्य आवश्यकता रहेको जिकिर गर्दै राम कुमार शारडा उमा प्रसाद मुरारका अस्पतालको निरीक्षणको क्रममा १५ बेडको स्वकृति मात्र पाएको यस अस्पताललाई चाडै ५० बेड क्षमता स्वीकृति प्रदान गर्न आफु लागि पर्ने प्रतिबद्धता जानाउनु भयो।
यसै बीच प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख विजय कुमार झाले महिलामा आङ खस्ने समस्या प्रमुख चुनौती बनेको बताए। उनकाअनुसार ग्रामीण भेगका कृषि क्षेत्र र बढि काम गर्ने महिलामा आङ खस्ने समस्या देखिएको उनले बताए ।
त्यस्तै राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विरेन्द्र कुमार मण्डलले अस्पतालको समस्या बारे मन्त्रि साहलाई ध्यान आकर्षण गराउदै अस्पतालको मास्टर प्लान र स्तरउन्नतिका लागि अनुरोध पत्र हस्तान्तरन गरेका छन्। सोमबार र मंगलबार चल्ने उक्त शिविरको उद्घाटन कार्यक्रममा अस्पताल विकाश समितिका अध्यक्ष रोहित मण्डल ,सदस्य गोपाल प्रसाद गुप्ता , कर्मचारी ,राजनीतिकदलका प्रतिनिधि ,बुद्धिजीवी ,स्वास्थ्यकर्मी ,संचारकर्मी लगायतको उपस्तिथी रहेको थियो।