9 Views
रमिता नेपाल २०७८ श्रावन ३० -
कोरोना भाइरस (कोभिड -१९ ) को संक्रमण दर दिनानुदिन बढ्दै गए पनि लहानमा मास्कको प्रयोगकर्ता कम हुदै गएपछि उद्योग वाणिज्य संगले विभिन्न संघ संस्थाको सहकार्यमा शुक्रबार " म तपाईको लागि मास्क लगाउँछु ,तपाई मेरो लागि मास्क लगाई दिनुहोस् " भन्ने मूल नारासहित नि:शुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेका छन्। " कोभिड बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ " मूल नारा सहित नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन उद्योग वाणिज्य संग लहान सिरहाले नि:शुल्क मास्क वितरण गर्दै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका हुन्। उद्योग वाणिज्य संघ लहानको सभाहल बाट शुरु भएको र्याली सहितको उक्त कार्यक्रममा सहभागीहरुले भौतिक दुरी कायम गरौं, ग्राहकहरुले अनिवार्य रुपमा मास्क लगाऔं, पसलबालाहरुको अनिवार्य रुपमा सेनिटाइजर वा साबुन पानीको व्यवस्था गरौं, ग्राहकहरुले अनिवार्य हात सेनिटाइज गरौं वा साबुन पानीले हात मिचि मिचि धोऔं भन्ने नारा लेखिएका सचेतना मुलक ब्यानर सहित बाटो तथा पसलमा मास्क नलगाई बसेका नागरिकहरु मास्क वितरण गर्दै रोड न .१ बाट शहिद चौक , हुलाक हुँदै रेडियो सरगमको कार्यलय बाट रोड न .२ हुँदै लहान ७ पुरानो बजारमा पुगी कोणसभा गरि सम्पन्न भएको थियो। कोणसभा लाई सम्बोधन गर्ने क्रममा उद्योग वाणिज्य संघ तथा रोटरी क्लवका अध्यक्ष अशोक लाल अमात्य , जेसिजका अध्यक्ष अजय जयसवाल लगायतका वक्ताहरुले कोभिड बाट बच्ने उपायहरुको स्वास्थ्य मापदण्डका बारेमा जानकारी गराउदै स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका थिए।
यस कार्यक्रमका सहयोगी संस्थाहरुमा रोटरी क्लव अफ लहान, लाइन्स क्लव लहान सिटी, लाइनस क्लव सनसाइन लहान, लाइन्स क्लव हाइट लहान, लहान सिटी जेसीज, नेपाल औषधि व्यवसायी संघ सिरहा लहान, सुनचाँदी व्यवसायी संघ लहान, नेपाल आर्बुद्ध रोग निवारण संस्था लहान, सगरमाथा वितरण संघ लहान, मदिरा व्यवसायी संघ प्रदेश नम्बर २ र होटल तथा मदिरा व्यवसायी संघ सिरहा लहान रहेको थियो ।