शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा क्रिकेट,साइकल रेस र मट्काफोर कार्यक्रम सम्पन्न

8 Views

कार्तिक १५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक १५ - 
सिरहाको लहान-३ मा क्रिकेट प्रतियोगिता ,साइकल रेस र मट्काफोर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। श्री खुशी जागरुक युवा क्लब लहानको आयोजनामा आयोजित चार दिने क्रिकेट प्रतियोगिता संगै साइकल रेस ,मट्काफोर तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको हो। शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको टि- 20 क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा  RCC क्रिकेट क्लव लहानले युनिक क्रिकेट क्लव लहानलाई ६२ रनले हराउदै उपाधि उचालन सफल भएका छन्। टस जितेर पहिला ब्याटिंग गरेको RCC क्रिकेट क्लवले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १५५ रन बनएको थियो। जवाफी ब्याटिंग गर्दै युनिक क्रिकेट क्लव ९३ रनमा अल आउट भएका थिए।  

प्रतियोगिता अन्तर्गत विजेता क्रिकेट क्लवलाई शिल्ड,मेडल सहित नगद रु.१५ हजार प्रदान गरिएको छ। भने उपविजेत क्रिकेट क्लव लाई शिल्ड,मेडल सहित नगद रु.८ हजार प्रदान गरिएको छ।  प्रतियोगिता अन्तर्गत म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर  RCC क्रिकेट क्लवका आभास यादव घोषित भएका छन्। आभासले प्रतियोगिता अबधिभर उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिदै ६२ रन बनाएका थिए। भने बेस्ट विकेट किपरको उपाधि उनिकका भुपेन्द्र यादव घोषित भएका थिए।  प्रतियोगितामा ८ वटा टिमहरुको सहभागीता रहेको थियो।

यसै बीच आइतबार नै सम्पन्न महिला स्लोव साइकल रेसमा ल.ल.कु मावि लहान-३ का क्षात्रा पूजाकुमारी महतो प्रथम भएकी छिन ,भने द्वितीय गुरुकुल पाठशाला लहान-८ क्षात्रा  मनिषा कुमारी साह भएकी छिन। भने तृतीय पनि गुरुकुल पाठशालाकी रुवी कुमारी यादव भएकी छिन। विजेता तिनै जना क्षात्रालाई एक/एक थान साइकल उपलब्ध गराइएको आयोजकले जनाएको छ। मट्काफोर प्रतियोगितामा कुनै पनि सहभागीले मट्का फोरन सकेन।

यसै बीच पुरस्कार वितरण तथा समापन कार्यकमको अध्यक्षता श्री खुशी जागरुक युवा क्लब लहानका अध्यक्ष नारायण महतोले गर्नु भएको थियो" भने कार्यक्रमको प्रमुख अतिथिमा मानव अधिकारकर्मी चन्द्र नायारण कुशवाहा रहनु भएको थियो। विशिष्ट अतिथिहरुमा लहान -३ का वडा अध्यक्ष राम दयाल महतो ,बिसुन महतो,राम उदगार महतो ,राजाराम महतो ,गीता महतो र देव कुशवाहा रहेका थिए। त्यस्तै अतिथिहरुमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , नेपाल पत्रकार महासंघ सिरहा कार्यसमिति सदस्य संजय  विश्वकर्मा र महेश सिंह ,जागरुक युवा क्लवका अध्यक्ष मुकेश महतो ,सुर्य नारायण महतो ,देव नारायण महतो लगायतका रहेका थिए। उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राख्दै विजेता तथा उपविजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको थियो।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.