शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रथम बिहारपुर भेट्रान कप लहानले जित्यो
मंसिर १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर १९ - 
सिरहाको लहानमा आयोजित प्रथम बिहारपुर भेट्रान कप २०७८ को उपाधि लहान भेट्रान FC ले जितेका छन्।  शनिबार सम्पन्न फाइनल खेलमा मिर्चैया वस्तीपुरलाई १ का विरुद्ध ४ गोल गर्दै उपाधि उचाल्न सफल भएका छन्। बिहारपुर युवा समाज लहान -३ बिहारपुर द्वारा आयोजित प्रथम बिहारपुर भेट्रान कप २०७८ प्रतियोगितामा लहान भेट्रान FC लहान ,बन्दीपुर भेट्रान सिरहा , वस्तीपुर भेट्रान मिर्चैया र सुरुंगा भेट्रान सप्तरीले सहभागिता जनाएका थिए। प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि चुम्न सफल लहान भेट्रानलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ सभा सदस्य लगनलाल चौधरीको हात बाट नगद रु.१५ हजार सहित शिल्ड र मेडल प्रदान गरिएको छ। भने  उपविजेता वस्तीपुर भेट्रानलाई नगद रु .१० हजार सहित शिल्ड र मेडल प्रदान गरिएको बिहारपुर युवा समाज लहान -३ का अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.