13 Views
फिरोज शेख लहान २०७८ पौष १० -
सिरहाको लहानमा ३ दिने नि:शुल्क प्लाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ। लहान -३ स्थित सप्तऋषि अस्पतालले स्माईल टेन र बि एण्ड बि अस्पताल ग्वार्को ललितपुरको आयोजनामा तीनदिने प्लाष्टिक,कस्मेटिक एण्ड मेक्जिलोफेसियल सर्जरी सम्बन्धि नि:शुल्क शिविर सम्पन्न गरेका छन्। शिविर जन्मिदै ओठ तथा तालु फाटेकाहरुको साथै अपरेशन भईसकेको तर ओठ ,नाक नमिलेको ,गिजामा प्वाल भएकाहरुका लागि राखिएकोमा शिविरमा आएका १५ जना विरामीलाई स्माईल टेन र बि एण्ड बि अस्पतालका प्राविधिक राम कुमार केसी र माधव वानियाले चेक जाँच गर्दा मिर्चैयाका ,लहान ,बरियारपट्टी ,उदयपुर ,धनगडीमाई नगरपालिका र बैरिया सप्तरीका गरि जम्मा ६ जनाको ओठ तथा तालुको प्लाष्टिक सर्जरी गर्नु पर्ने देखिएको सप्तऋषि अस्पतालका प्रसाशन प्रमुख ऋषि रंजन चौधरीले जानकारी दिए। प्रसाशन प्रमुख चौधरीका अनुसार शिविरमा फेला परेका विरामीलाई बि एण्ड बि अस्पताल ग्वार्को ललितपुरमा लागि नि:शुल्क उपचार ,औषधि तथा यातायात खर्च उपलब्ध गराइने छ। शिविरको दायरामा नपर्ने ९ जनालाई सल्लाह सुझाब दिएर पठाइएको उनले बताए। यसै बीच अहिले सप्तऋषि अस्पतालमा महिलाहरुको पाठेघर सम्बन्धि समस्याको नि:शुल्क सल्यक्रिया शिविर समेत संचालनमा रहेको उनले जनाएका छन्।