शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जे.एस. क्याम्पसकाे ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता ’ सम्पन्न
पौष २०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष २० - 
सिरहाको लहानमा अवस्थित जे.एस. मुराराका बहुमुखी क्याम्पसकाे ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता २०७८ ‘’ सम्पन्न भएकाे छ । " शिक्षाको लागि स्वास्थ्य ,स्वास्थ्यको लागि खेलकुद " भन्ने मूल नाराका साथ पौष १४  गते बाट शुरू भएकाे खेल सप्ताह सोमबार एक कार्यक्रमका बिच सम्मापन गरिएकाे हाे ।प्रदेश २ सभा सदस्य तथा क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लगनलाल चौधरीको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भएकाे थियाे । सम्मापन कार्यक्रममा बिभिन्न खेलकुदका बिजेताहरूलाइ मेडल तथा प्रमाणपत्र लगायतले पुरस्कृत गरिएकाे थियाे ।

पौष १४  गते बाट शुरू भएकाे खेल सप्ताहमा महिला तथा पुरुषहरुका लागि फुटबल, भलिबल, म्युजिकल चेयर , दौड, सट पुट थ्रो, लँगजम्प, स्लो साइकलरेस लगाएतका खेलहरु समाबेस भएका थिए । जसमा छात्रा तर्फकाे फुटबलमा बि.एड सम्पूर्ण प्रथम भएकाे थियाे भने दोस्रो +२ का छात्रा भएका थिए। त्यस्तै छात्रा तर्फकाे भलिबलमा बि.बि्.एस. प्रथम वर्ष ( सम्झना ग्रुप ) टिम प्रथम भएकाे थियाे । भने दोस्रो स्थान बि.बि्.एस. प्रथम वर्ष ( मनिषा ग्रुप ) ले हासिल गरेका छन्। त्यस्तै म्युजिकल चेयर खेल तर्फ पुजा सिंह ( प्रथम ),लिला मगर ( दोस्रो ) र सन्ध्या चौधरी ( तेस्रो ) भएकी छिन। १०० मिटर दौड छात्रा तर्फ सनम चौधरी ( प्रथम ),सम्झना चौधरी ( दोस्रो ) ,सिसम चौधरी (तेस्रो) भएकी छिन। त्यस्तै  सट पुट थ्रो महिला तर्फ सुमन चौधरी ( प्रथम ),प्रतिभा कुमारी चौधरी ( दोस्रो ),महिमा चौधरी  (तेस्रो) भएकी छिन। लँगजम्प महिला तर्फ सिसम चौधरी ( प्रथम ),सिता कुमारी चौधरी ( दोस्रो ),स्नेहा बरेली (तेस्रो) स्थान हासिल गरेकी छिन। भने स्लो साइकलरेस महिला तर्फ प्रथम पुस्तिका चौधरी ,दोस्रो सुनिता कुमारी चौधरी र तेस्रो अनुराधा चौधरी भएकी थिइन। 

यसै बीच पुरुष तर्फको फुटबलमा प्रथम बि.एड सम्पूर्ण ,दोस्रो कक्षा १२ व्यवस्थापन , भलिबल पुरुष तर्फ प्रथम बि.बि्.एस.,दोस्रो विज्ञान कक्षा ११ ( ए ) का टिम भएका छन्। त्यस्तै १०० मिटर दौड पुरुष तर्फ प्रथम शिवकान्त चौधरी ,दोस्रो प्रदिप कुमार चौधरी ,तेस्रो नन्द किशोर चौधरी भएका छन्। यसै बीच पुरुष सट पुट थ्रो तर्फ नबिन चौधरी, दोस्रो गुनानन्द चौधरी,तेस्रो आनन्द चौधरी भएका छन्। त्यस्तै लँगजम्प पुरुष तर्फ प्रथम उमेश कुमार चौधरी, दोस्रो सभाष रिजाल ,तेस्रो सुरज कुमार सिंह भएका छन,भने स्लो साइकल रेसमा प्रथम पुनयानंद कुमार चौधरी ,दोस्रो निरज चौधरी, तेस्रो कैलाश कुमार यादव भएका हुन्। साथै अन्य खेलमा समेत क्याम्पसमा अध्ययनरत विभिन्न तहका विद्यर्थीहरू समेत सहभागी भएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक प्रध्यापक नागेन्द्र चौधरीले जानकारी दिनु भयो। 

समापन कार्यकममा क्याम्पस प्रमुख तुलसीराम पोख्रेलले शुभकामना मन्तव्य राख्ने क्रममा आम विद्यार्थीलाइ सर्भ-शुलभ तथा गुणस्तरीय शिक्षाका साथै शारिरीक तथा मानसिक बिकासका लागि प्रतिबद्ध रहेकाे बताए । कार्यक्रममा प्रमुख अतिथि लगनलाल चौधरी ,इलाका प्रशासन कार्यलय लहानका प्रमुख  कृष्ण बहादुर खड्का, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायत क्याम्पसमा कार्यरत प्रध्यापक हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो। समापन कार्यक्रममा विभिन्न संघ-संस्थाका 
 प्रतिनिधि,शिक्षक, अभिभावक ,विद्यार्थी लगायत संचारकर्मी महेश सिंह र प्रदिप सिंहको उपस्तिथी रहेको थियो। कार्क्रमको संचालक प्रध्यापक दिलिप चौधरीले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.