6 Views
फिरोज शेख लहान २०७८ माघ २२ -
सिराहाको लहान नगरपालिका– ७ स्थित क्यान्सर केयर सेन्टरमा सुविधा सम्पन्न प्याथोलोजी सेवा पनि सुरु गरिएको छ। विश्व क्यान्सर दिवसको अवसर पारि संक्षिप्त समारोहका बीच शुक्रबार मधेश प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यतामा सिरहा ,सप्तरी लगायतका जनसमुदायलाई सस्तो र सुलभ दरमा सबै खाले रोगहरु पता लगाउनका लागि अत्याधुनिक अटोमेटिक मेसिनहरु द्वारा प्याथोलोजी सेवा सुचारु गरिएको क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोकलाल अमात्यले बताउनु भयो। प्याथोलोजी सेवाको थालनी गर्दै प्रदेश सभा सदस्य चौधरीले क्यान्सरजस्तो जटिल रोगको पहिचान संगै विभिन्न रोगहरुको पहिचानका लागि सेन्टरले थालेको अभियानमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छन्। क्यान्सर केयर सेन्टर लहानले झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालसँगको सहकार्यमा निरन्तर ‘प्रत्येक शनिबार’ क्यान्सर जाँच गर्दै आइरहेको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज यादव बनैता ,संचारकर्मी मनिलाल विश्वकर्मा ,फिरोज शेख , लायन्स क्लव लहान सिटीका अध्यक्ष संजयराज शर्मा ,पुर्वअध्यक्ष धरणीधर अधिकारि लगायतले शुभकामना मन्तव्य राख्दै संकोच र त्रासको कारणले तराईका जिल्लामा भयावह रूप लिँदै गएको क्यान्सरको पहिचान गर्न जटिलता रहेको सन्दर्भमा प्याथोलोजी सेवाले बेलैमा रोगको पहिचान गर्न सकिने बताए। ‘बेलैमा पहिचान गर्न सकिए उपचार गरेर बिरामीलाई निको पार्न सकिन्छ भन्दै नियमित जाँचको अतिरिक्त जनचेतनामूलक कार्यक्रमसमेत सेन्टरले सञ्चालन गर्नु पर्ने सुझाव दिएका छन्।
यसै बीच नेपालमा खासगरी पाठेघरको मुख र स्तन क्यान्सर भएका महिलाको संख्या बढिरहेको उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पतालका प्राविधिक अभिनाष कर्णले कम्तीमा प्रारम्भिक चरणमै पहिचान गर्न सकिए रोगको निदान गर्न सकिने बताए। ‘त्यसका लागि प्याथोलोजी सेवाले थप सघाउने भन्दै नेपालमा कुल क्यान्सर रोगीमध्ये पाठेघरको मुख र स्तन क्यान्सरका बिरामी महिलाको संख्या ३० देखि ३५ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। प्राविधिक कर्णका अनुसार शुक्रवार बाट सुचारु गरिएको प्याथोलोजी सेवामा क्यान्सर रोगको जाँच संगै सबै प्रकारका रोगहरुको पनि सुलभ दरमा प्याथोलोजी जाँच गरिने बताउनु भयो।