15 Views
फिरोज शेख लहान २०७८ माघ २३ -
सिरहाको लहान -७ मा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर पाँचौ वर्ष पुरा गरि छैठो वर्षमा प्रवेश गरेको शुभ अवसरमा आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न भवन संगै विशेषज्ञ डा. तथा थप सेवा सुविधा सहित पुरानो भवन देखि २० मिटर पुर्व लहान - ८ घंटाघरको छेउमा पुर्वपट्टि संचालनमा आएको छ। सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर आइतबार देखि नयाँ भवनमा सञ्चालनमा आएको हो ।आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो।
विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउनु पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओम प्रकाश चौधरीले जानकारी दिनु भयो । चौधरीका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, भिडियो एक्स–रे सेवा, डिजिटल एक्स–रे सेवा , निबुलाइजर सेवा, ई.सि.जि. सेवा, माइनर अप्रेशन र होलबडि चेकअप जस्ता सेवाहरु उपलब्ध हुनेछ ।पोलिक्लिनिकमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रकाश चौधरी संगै महिला तथा प्रसुती रोग विशेषज्ञ डा. गिता यादव, शल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जन डा. शैलेन्द्र साह, नवजात शिशु तथ बाल रोग विशेषज्ञ डा. अभय चन्द्र यादव र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ प्रमोद कुमार दासको सेवा विहानदेखि बेलुकीसम्म रहने जनाइएको छ।
त्यस्तै डाइबिटिज, थाइराइड तथा हरमोन रोग विशेषज्ञ डा. सितेश कुमार गोईत, जेनरल फिजिसियन डा. मनोज सुवेदी फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. कृष्णा कुमार साहको सेवा महिनामा कम्तिमा २ पटक हुने जनाइएको छ । कार्यक्रममा लहान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष विजय महतो, नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला सभापति मनोज बनैता यादव, नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता, गोरखापत्रका सिरहा सम्वाददाता जिवछ यादव उदासी, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, रेडियो सरगमका संस्थापक अध्यक्ष फिरोज शेख, हर्षित नेपालका सम्पादक विरेन्द्र नेपाल, गोर्खा टि.भी.का सिरहा संवाददाता महेश सिंह , टुडेखोज अनलाइनका जयनाथ यादव र रेडियो नेपालका सिरहा संवाददाता संजय विश्वकर्मा लगायत विशेषज्ञ डाक्टरहरुले बधाई तथा शुभकामना दिएका थिए ।
यसै बीच ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठौं वर्षमा प्रवेश गरेको शुभ अवसरमा माघ २४ गते सोमवारका दिन विहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको डा.चौधरीले जानकारी गराएका छन्।