11 Views
फिरोज शेख लहान २०७८ फागुन २१ -
सिरहाको लहान नगरपालिका वडा न. ८ मा आँखा जांच शिविर सम्पन्न भएको छ। लहान नगरपालिका वडा न.८ को आयोजना र चन्द्रशेखर लाल मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो । निशुल्क आँखा शिविरमा १ सय ५५ जनाले आँखा परिक्षण गराएको वडा न.८ का वडा अध्यक्ष विजय कुमार महतोले जानकारी दिएका छन्। जस मध्ये ४० जनालाई नि:शुल्क चश्मा सहित १५० जनालाई औषधि वितरण गरिएको छ। आँखा शिविरमा बरिष्ठ नेत्र सहायक दिपेन्द्र कुमार कर्ण ,स्वास्थ्यकर्मी खुश्बु यादव,पिंकी मण्डल र चश्मा फिटर राम नारायण साहले सहजीकरण गरेको वडा अध्यक्ष महतोले बताए। लहान नगरपालिका वडा न.८ को आयोजना र चन्द्रशेखर लाल मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा संचालन भएको आँखा शिविरमा बिरामीलाई दिइएको सम्पुर्ण औषधि र चश्मा खर्च लहान ८ का वडा कार्यलयले व्यवस्थापन गरेको बरिष्ठ नेत्र सहायक दिपेन्द्र कुमार कर्णले जानकारी दिए।