शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पतालमा ६२ प्रकारका ल्याब जाँच सेवा शुरु

9 Views

फाल्गुन २५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन २५ - 
सिरहाको लहान स्थित रहेको राम कुमार उमा प्रसाद मुरारका स्मारक अस्पताल अर्थात लहान अस्पतालले सेवाग्राही बिरामीहरुका लागि ६२ प्रकारका ल्याब जाँच सेवा शुरु गरेका छन्। अस्पतालले एक कार्यक्रमको आयोजना गरि अस्पताल समितिका अध्यक्ष,सदस्य ,मेसु द्वारा उदघाटन गरि बुधबार बाट अत्याधुनिक ल्याब जाँच सेवा शुरु गरेको हो। लहान अस्पताल समितिका अध्यक्ष रोहित महतो,सदस्य गोपाल गुप्ता,मेसु बिरेन्द्र मन्डलका अनुसार यो अस्पताल धेरै पुरानो अस्पताल संगै तिन जिल्लाका बिरामिहरुका भार टेक्ने अस्पताल रहेको हुँदा ल्याब सेवा प्रभावकारी नभएको र पटक-पटक बिरामिहरुको गुनासो आइरहेको र बाहिर जानू पर्ने भएको हुदा समय र आर्थिक खर्च पनि बढी लागने गरेको थियो। ल्याब जाँच गराउन बाहिर जाने झन्झटबाट मुक्ति दिन यसै अस्पतालमा अत्याधुनिक ल्याब सेवा संचालनमा ल्याउनु पर्ने गुनासोलाइ मध्यनजरगरि बुधबार बाट बिरामीहरुका लागि ६२ प्रकारका ल्याब जाँच सेवा शुरु गरिएको जनाएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.