शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइयो
जेठ १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १८ - 
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । संसार भर विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइ रहदा लहानमा पनि मंगलवार एक कार्यक्रको आयोजना गरि दिवस मनाइएको छ । नेपाल अबुर्द रोग निवारण संस्था सिरहा शाखा लहान र रोटरी क्लव अफ लहानको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिको सहभागितामा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको सभा हलमा विशेष कार्यक्रम गरि मनाएका छन्। 

कार्यक्रमका प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुहुँदै  बालबालिकालाई खरिद गर्न पठाउने कार्यसमेत बन्द गर्न आग्रह गर्नुभयो । उहाँले सुरुमा आफूबाट प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई प्रयोग नगरौँ भन्ने सचेतना फैलाउन सबैलाई अनुरोध गर्नुभयो । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ । धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पान पराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरूले सन् १९८७ मा विश्व धूम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।

विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वास्थ्यका लागि हानिकारक छ भनेर उल्लेख गरिएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यम आय भएका देशका नागरिक छन् । बर्सेनि आठ लाखको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने अनुमान छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकिरहेको छैन। कार्यक्रमको अध्यक्षता नेपाल अबुर्द रोग निवारण संस्था सिरहा शाखा लहान र रोटरी क्लव अफ लहानका अध्यक्ष अशोकलाल अमात्यले गर्नु भएको थियो। कार्यक्रमा प्रमुख जिल्ला अधिकारि लालबाबु कवारी,उपप्रमुख रामचलितर महतो ,वडा अध्यक्षहरु,स्वास्थ्यकर्मी ,संचारकर्मी तथा नागरिकसमाजको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.