शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा ७० घर परिवारलाई राहत वितरण
जेठ २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २२ - 
लहान नगरप्रमुख महेश प्रसाद चौधरीले ७० दलित घर परिवारलाई राहत उपलब्ध गराएका छन्। प्रत्येक महिनाको २२ गते उहाँले पत्नीको सम्झनामा गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आएको छ। सोही अभियान स्वरुप संगिता कर्माचार्य स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष समेत रहनु भएका नगरप्रमुख चौधरीले निर्वाचित भएपछिको पहिलो राहत स्वरूप लहान २४ खप्टेडाँडाटोलका दलित,गरिब तथा विपन्न ७० परिवारलाई १०किलो चामल, १ किलो नुन ,१ किलो दाल र १ पोका तेल उपलब्ध गराएका छन्। कोरोना कहर सुरुभएदेखि नै मस जोडीको उपमा पाएका महेश प्रसाद चौधरी र संगिता कर्माचार्यले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए। सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भयो र उनको उपचारको क्रममा उनको निधन भयो । 

स्वर्गीय कर्मचार्यले कोरोना कालमा राहत बाड्ने उदेश्य सहित खप्टेडाँडाटोल बाटै मास्क ,सेनिटाईजर, साबुन वितरण गरेको हुँदा पत्नीको गरिब विपन्नलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिँदै आफु नगरप्रमुखमा निर्वाचित भइसके पछि पत्नी संगीताको आत्माले शान्ति पाउन भन्ने कामना सहित पहिलो राहत वितरण यसै ठाउँ बाट सुरुवात गरेको नगर प्रमुख चौधरीले सुनाए। ‘समस्यामा परेको व्यक्तिहरुलाई संगिताले सहयोग गर्नुपर्ने अभियान नै चलाएको थियो,’उनले भने,‘उनका अभियानलाई कहिल्यै पनि रोक्ने छैनौँ ।’ चौधरीले पत्नीको समाजसेवी भावनालाई निरन्तरता दिन संगिता कर्माचार्य स्मृति प्रतिष्ठान संस्था स्थापना गरेको छ । प्रतिष्ठान मार्फत नगर प्रमुख चौधरी हरेक महिना राहत वितरण गर्दै आएको छ।

विगत दुई वर्षमा लहान, भगवानपुर, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टि लगायतका विपन्न वस्तीमा यी युगल जोडीले चार हजार भन्दा बढी परिवारलाई चामल, दाल, नुन, तेल, मटर,चना,चिनी,साबुन, मास्क,सेनिटाईजर,तरकारी लगायतका सामाग्रीहरु राहत स्वरुप वितरण तथा  चिसो महिनामा कम्बल संगै गर्मि महिनामा झुल वितरण गरेको छ । भने ४ जना विद्यार्थीलाई प्रतिष्ठान मार्फत शिक्षण गराउँदै आएको छ ।    

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.